पोखरा, ने क पा (एमाले) पोखरा १५ को निर्बाचन परिचालन कमिटीको कार्यालय सो वडाका जेन्जी युबाहरूले उद्घाटन गरेका छन। कार्यालयको उद्घाटन गर्दै उनीहरुले युवाहरुको एजेन्डा कार्यान्वयन गर्न युबालाई नेतृत्वमा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
‘देशको निति निर्माण तहमा सक्रिय र हस्तक्षेपकारी भुमिका खेल्नसक्ने राम्रा युबा उम्मेदवारको खोजिमा हामि थियौ, अब त्यो इच्छा कास्की – २ बाट रश्मि आचार्यलाई बिजयी गराएर पूरा गर्छौं’ उनीहरुले भने ।
उक्त कार्यक्रममा बोल्दै नेकपा एमालेबाट कास्की -२ का उमेदवार रश्मि आचार्यले आफू उत्साहका साथ युबाहरूको ससक्तिकरण सहितका महत्त्वपूर्ण एजेन्डामा प्रतिबद्ध रहेको भन्दै भन्दै सबैको सुझाव मार्फत कार्य योजना निर्माण गर्ने उल्लेख गरे।
कास्की क्षेत्र न २ का आम मतदाताको सुझाब समेतलाई समेटेर प्रतिबद्धता पत्र तयार गरेको उल्लेख गर्दै उम्मेदवार आचार्यले कार्यान्वयनको लागि एमाले पार्टीलाई जिताउनुपर्ने उल्लेख गरे ।















