पोखरा, पोखरा महानगरपालिका वडा न. २३ हर्पन घर भई पछिल्लो समय पोखरा -५ प्रस्यांगमा बस्दै आएका पुर्व शिक्षक एबम नेपाली काँग्रेसका क्रियाशील सदस्य देबिप्रसाद पराजुलीलाई मातृशोक परेको छ। उनकी आमा असली पराजुलीको ८३ बर्षको उमेरमा अघिल्लो साता निधन भएको थियो।
स्व. असली पराजुलीका एक मात्र छोरा देबिप्रसाद लामो समय शिक्षण पेशामा संग्लग्न रहेर केहि महिना अगाडी मात्र सेवा निवृत्त भएका हुन। उनका दुई जना छोरीहरु रहेको स्व. असलीका नाति भानु पराजुलीले जानकारी दिए।
भानु पराजुली पोखरा बहुमुखी क्याम्पसमा अध्यापन गर्नुको साथै सुनासमा काम गर्दै आएका छन। उनि नेपाली काँग्रेसको प्रदेश अधिबेशन प्रतिनिधि हुन। उनि नेपाल प्रेस युनियन र नेपाल पत्रकार महासंघ लगायतका संस्थामा आबद्द छन।

















