पोखरा, नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि एबम पोखरा उद्योग बाणिज्य संघका पुर्व महासचिब अर्जुन पोखरललाई मातृशोक परेको छ। पोखरेलकी आमा हुमादेबी पोखरेलको ७७ बर्षको उमेरमा बिहिबार बेलुका निधन भएको हो।
स्वास्थ्य अबस्था सामान्य रहेकी हुमादेबीलाई हृदयाघात भएपछि उपचारको लागि पोखराको मणिपाल अस्पताल लगिएकोमा उपचारकै क्रममा निधन भएको स्व. हुमादेबीका भान्जा एबम नेपाली काँग्रेस पोखरा -८ का सभापति रमेश बरालले गुरुकुल खबरलाई जानकारी दिए ।
पोखरा महानगरपालिका -२१ मटीखान निवासी हुमादेबी नेपाली कांग्रेसको सदस्य समेत रहेर कांग्रेसले गर्ने बिभिन्न कार्यक्रममा समेत सहभागी बन्ने गरेको र स्थानीयस्तरमा गठित आमा समूह र महिला समुहमा नेतृत्व समेत लिएर काम गरेको बुझिएको छ।
स्व हुमादेबीका दुई छोरा अर्जुन पोखरेल र दिपक पोखर्रेल रहेकोमा अर्जुन पोखरामा रहेर बिभिन्न ब्यबसायिक प्रतिष्ठान संचालन गरिरहेका छन भने भाई दिपक पोखरेल काठमाडौँमा सिद्दार्थ बैंकमा कार्यरत छन स्व. हुमादेबीका दुई छोरी गंगा र इन्दिरा रहेको बुझिएको छ ।
स्वर्गीय पोखरेलको पार्थिव शरीरलाई शुक्रबार बिहान पोखराको शान्तिघाटमा हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ । पोखरेलको निधनप्रति पोखराका उद्योगी, व्यवसायी, आफन्त तथा शुभचिन्तकहरूले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।















