Play

कांग्रेस महाधिबेशन प्रतिनिधि अर्जुन पोखरेललाई मातृशोक

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि एबम पोखरा उद्योग बाणिज्य संघका पुर्व महासचिब अर्जुन पोखरललाई मातृशोक परेको छ।  पोखरेलकी आमा हुमादेबी पोखरेलको ७७ बर्षको उमेरमा बिहिबार बेलुका निधन भएको हो।

स्वास्थ्य अबस्था सामान्य रहेकी हुमादेबीलाई हृदयाघात भएपछि उपचारको लागि पोखराको मणिपाल अस्पताल लगिएकोमा उपचारकै क्रममा  निधन भएको स्व. हुमादेबीका भान्जा एबम नेपाली काँग्रेस पोखरा -८ का सभापति रमेश बरालले गुरुकुल खबरलाई जानकारी दिए ।

पोखरा महानगरपालिका -२१ मटीखान निवासी हुमादेबी नेपाली कांग्रेसको सदस्य समेत रहेर कांग्रेसले गर्ने बिभिन्न कार्यक्रममा समेत सहभागी बन्ने गरेको र स्थानीयस्तरमा गठित आमा समूह र महिला समुहमा नेतृत्व समेत लिएर काम गरेको बुझिएको छ।

स्व हुमादेबीका दुई छोरा अर्जुन पोखरेल र दिपक पोखर्रेल रहेकोमा अर्जुन पोखरामा रहेर बिभिन्न ब्यबसायिक प्रतिष्ठान संचालन गरिरहेका छन भने भाई दिपक पोखरेल काठमाडौँमा सिद्दार्थ बैंकमा कार्यरत छन स्व. हुमादेबीका दुई छोरी गंगा र इन्दिरा रहेको बुझिएको छ ।

स्वर्गीय पोखरेलको पार्थिव शरीरलाई शुक्रबार बिहान पोखराको शान्तिघाटमा हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ । पोखरेलको निधनप्रति पोखराका उद्योगी, व्यवसायी, आफन्त तथा शुभचिन्तकहरूले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

 

 

११ पुष २०८२, शुक्रबार २३:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा