काठमाडौँ, नेपाली कांग्रेसका प्रवक्ता एबम पुर्व अर्थ एबम परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले नेपाली काँग्रेसको आसन्न १५ औँ महाधिवेशनमा आफ्नो दाबी सभापति पदमा रहेको बताएका छन् । पार्टीमा सभापति शेरबहादुर देउवाको निकट मानिने डा. महतले सभापतिमा दाबि प्रस्तुत गरेपनि देउवा समूह अर्थात संस्थापनले यसबारेमा कुनै निष्कर्ष निकालिसकेको छैन ।
शुक्रबार काठमाडौँको महाराजगन्जमा केही संचारमाध्यममा आबद्द पत्रकारहरूसँग भेटघाट गर्दै डा. महतले संस्थापन समूहले आपसी सहमतिमा एउटामात्रै उम्मेदवार बनाउने प्रयास गर्ने बताए । सभापति शेरबहादुर देउवा र उनी निकटमा देशभरका कार्यकर्तासँग आफ्नो अट्याचमेन्ट रहेको बताउँदै उनीहरूको भावनालाई कदर गर्न पनि आफूले समूहका नेताहरूको बैठकमा सभापतिमा दाबी राखेको स्पस्ट पारे।
‘हाम्रो समूहबाट १५ औँ महाधिवेशनमा सभापतिमा मेरो दाबी रहन्छ,’ प्रवक्ता डा. महतले भने, ‘सभापतिज्यूसँग निकटमा रहेर लामो समय काम गरे । उहाँसँग जोडिएका देशभरका नेता कार्यकर्तासँग मेरो अट्याचमेन्ट छ । उनीहरूको भावनालाई कदर गर्न मात्र नभएर मेरो चाहनाको कारण पनि सभापतिमा दाबी राखेको हुँ ।’
देउवा निकट रहेका र पार्टी भित्र सात भाईको नामले परिचितहरु मध्ये कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित पूर्वउपसभापति विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्रीहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र डा. शशांक कोइरालाले यस अगाडी नै सभापतिमा दाबि गरेकोमा डा. महतले समेत सोहि पदमा दाबि गरेपछि संस्थापन भित्रबाट समेत एकजना मात्र सभापतिको उमेदवार बनाउन चुनौती देखिएको छ सोहि समुहमा रहेका बिजय कुमार गच्छेदारले भने हालसम्म सभापतिमा दाबि गरेको कुरा सार्बजनिक गरेका छैनन।















