Play

नेपाली कांग्रेसको सभापति पदमा देउवा निकट मानिने डा. प्रकाशशरण महतको पनि दाबि

गुरुकुल खबर


काठमाडौँ,  नेपाली कांग्रेसका प्रवक्ता एबम पुर्व अर्थ एबम परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले नेपाली काँग्रेसको आसन्न १५ औँ महाधिवेशनमा आफ्नो दाबी सभापति पदमा रहेको बताएका छन् । पार्टीमा सभापति शेरबहादुर देउवाको निकट मानिने डा. महतले सभापतिमा दाबि प्रस्तुत गरेपनि देउवा समूह अर्थात संस्थापनले यसबारेमा कुनै निष्कर्ष निकालिसकेको छैन ।

शुक्रबार काठमाडौँको महाराजगन्जमा केही संचारमाध्यममा आबद्द पत्रकारहरूसँग भेटघाट गर्दै डा. महतले संस्थापन समूहले आपसी सहमतिमा एउटामात्रै उम्मेदवार बनाउने प्रयास गर्ने बताए । सभापति शेरबहादुर देउवा र उनी निकटमा देशभरका कार्यकर्तासँग आफ्नो अट्याचमेन्ट रहेको बताउँदै उनीहरूको भावनालाई कदर गर्न पनि आफूले समूहका नेताहरूको बैठकमा सभापतिमा दाबी राखेको स्पस्ट पारे।

‘हाम्रो समूहबाट १५ औँ महाधिवेशनमा सभापतिमा मेरो दाबी रहन्छ,’ प्रवक्ता डा. महतले भने, ‘सभापतिज्यूसँग निकटमा रहेर लामो समय काम गरे । उहाँसँग जोडिएका देशभरका नेता कार्यकर्तासँग मेरो अट्याचमेन्ट छ । उनीहरूको भावनालाई कदर गर्न मात्र नभएर मेरो चाहनाको कारण पनि सभापतिमा दाबी राखेको हुँ ।’

देउवा निकट रहेका र पार्टी भित्र सात भाईको नामले परिचितहरु मध्ये कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित पूर्वउपसभापति विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्रीहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र डा. शशांक कोइरालाले यस अगाडी नै सभापतिमा दाबि गरेकोमा डा. महतले समेत सोहि पदमा दाबि गरेपछि संस्थापन भित्रबाट समेत एकजना मात्र सभापतिको उमेदवार बनाउन चुनौती देखिएको छ सोहि समुहमा रहेका बिजय कुमार गच्छेदारले भने हालसम्म सभापतिमा दाबि गरेको कुरा सार्बजनिक गरेका छैनन।

२८ मंसिर २०८२, आईतवार ०९:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा