जनकपुर, मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही मंसिर २४ गते विश्वासको मत लिने भएका छन् ।
आइतबार बसेको सत्तापक्षीय सातदलीय गठबन्धनको बैठकले विश्वासको मत लिने निर्णय गरेको जनता समाजबादी पार्टीका प्रमुख सचेतक रामअशीष यादवले जानकारी दिए ।
यही मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेसका यादबले सानो मन्त्रिमण्डल गठन गर्ने तयारी समेत गरेको बुझिएको छ ग ।
नवनियुक्त मुख्यमन्त्री यादबले आइतबार नै पद तथा गोपनियताको यादवले शपथ ग्रहण गरेका छन् । मधेश प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णबाट मैथिली भाषामा उनले शपथ ग्रहण गरेका हुन् ।
शपथ ग्रहण कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एबम नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधि, मधेस प्रदेशका पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, विभिन्न मन्त्रालयका सचिव, गठबन्धनका नेता कार्यकर्ताकोे उपस्थिति रहेको थियो ।















