Play

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री द्वारा शपथ, मङ्सिर २४ मा बिश्वासको मत लिने तयारी

गुरुकुल खबर


जनकपुर, मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही मंसिर २४ गते विश्वासको मत लिने भएका छन् ।

आइतबार बसेको सत्तापक्षीय सातदलीय गठबन्धनको बैठकले विश्वासको मत लिने निर्णय गरेको जनता समाजबादी पार्टीका प्रमुख सचेतक रामअशीष यादवले जानकारी दिए ।

यही मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका  नेपाली कांग्रेसका यादबले सानो मन्त्रिमण्डल गठन गर्ने तयारी समेत गरेको बुझिएको छ ग ।

नवनियुक्त मुख्यमन्त्री यादबले आइतबार नै पद तथा गोपनियताको यादवले शपथ ग्रहण गरेका छन् । मधेश प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णबाट मैथिली भाषामा उनले शपथ ग्रहण गरेका हुन् ।

शपथ ग्रहण कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एबम नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधि, मधेस प्रदेशका पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, विभिन्न मन्त्रालयका सचिव, गठबन्धनका नेता कार्यकर्ताकोे उपस्थिति रहेको थियो ।

२१ मंसिर २०८२, आईतवार १२:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा