Play

सोधपुछको लागि रबि लामिछानेलाई लगियो सिंहदरबारमा

गुरुकुल खबर


पोखरा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एबम पुर्व गृहमन्त्री रवि लामिछानेलाई सोधपुछको लागि नख्खु कारागारबाट सिंहदरबार लगिएको छ ।

जेनजी प्रदर्शनका क्रममा भएको घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगमा उनीसंग सोधपौछ गर्नको लागि    सिंहदरबारमा उपस्थित गराइएको हो ।

जेनजी पुस्ताको नाममा भएको आन्दोलनका क्रममा भदौ २४ मा लामिछाने नख्खु कारागारबाट बाहिर निस्केर जुलुस सहित आंफ्नो निवास पुगेका थिए ।

उनले गृहमन्त्रालय र कारागार विभागको पत्रको आधारमा आँफु जेलबाट छुटेको भन्दै फेसबुकमा लाइभ गरेको भएपनि पछि उक्त पत्र नै नक्कली बनाइएको भन्ने चर्चाले ब्यापकता पाएको थियो।

उनलाई कारागारमा लिन रास्वपाका उपसभापति डिपी अर्यालसहित नेताहरु मनिष झा र हरी ढकाल लगायत कारागार पुगेका थिए।

यसअघि आयोगले सिंहदरबारस्थित आफ्नो कार्यालयमा बोलाएर नख्खु कारागारका जेलर सत्यराज जोशीसँग बयान लिएको थियो ।

१९ कार्तिक २०८२, बुधबार १३:४२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा