पोखरा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एबम पुर्व गृहमन्त्री रवि लामिछानेलाई सोधपुछको लागि नख्खु कारागारबाट सिंहदरबार लगिएको छ ।
जेनजी प्रदर्शनका क्रममा भएको घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगमा उनीसंग सोधपौछ गर्नको लागि सिंहदरबारमा उपस्थित गराइएको हो ।

जेनजी पुस्ताको नाममा भएको आन्दोलनका क्रममा भदौ २४ मा लामिछाने नख्खु कारागारबाट बाहिर निस्केर जुलुस सहित आंफ्नो निवास पुगेका थिए ।
उनले गृहमन्त्रालय र कारागार विभागको पत्रको आधारमा आँफु जेलबाट छुटेको भन्दै फेसबुकमा लाइभ गरेको भएपनि पछि उक्त पत्र नै नक्कली बनाइएको भन्ने चर्चाले ब्यापकता पाएको थियो।
उनलाई कारागारमा लिन रास्वपाका उपसभापति डिपी अर्यालसहित नेताहरु मनिष झा र हरी ढकाल लगायत कारागार पुगेका थिए।
यसअघि आयोगले सिंहदरबारस्थित आफ्नो कार्यालयमा बोलाएर नख्खु कारागारका जेलर सत्यराज जोशीसँग बयान लिएको थियो ।















