हो , एक खेलाडी र खेलकर्मीको लागि ओलम्पिक खेल जस्तो खेलकुदको सबैभन्दा उच्चस्तर (महांकुम्भ मेला) कार्यक्रममा सहभागी हुनु आफैमा एक अहोभाग्य पनि हो।
नेपाल ओलम्पिक कमिटीले ओलम्पिक अभियानमा क्रियाशिल कार्यकारी समितीका सदस्यहरु मध्ये एकपटक पनि ओलम्पिकमा सहभागी नभएकाहरुलाई केहि प्राथमिकता दिने समझदारी अनुरुप मेरो नाम पनि समावेश भएको हो । तथापि मेरो प्रदेश खेलकुद परिषद अन्तर्गत विभिन्न जिम्मेवारी हरु ज्यादै महत्वपूर्ण रहेकोले विदेश भ्रमण गर्नु भन्दा प्रदेशको तयारी गतिविधिमा केन्द्रित हुनु नै उचित ठाने र नजाने निर्णय गरेको हुं ।
यो विचमा मेरा अग्रज, मित्र र अनुजहरुले सामाजिक सन्जाल, टेलिफोन र प्रत्यक्ष भेटेर पनि प्रतिक्रियाहरु दिनुभयो । कसैले यो निर्णयलाई ज्यादै सकरात्मक रुपमा लिए त कसैले मौका गुमाउनु नहुने सुझाव दिए।कसैले त यो समाचार प्रति विश्वास नलागेको प्रतिक्रिया समेत दिए ।
एउटा विकसित राष्ट्रको ऐतिहासिक भ्रमण एकातिरको तराजु र अर्कोतिर स्वदेशको जिम्मेवारी वोधको अर्को तराजु। धेरै सोंचें र ६ दिन अगाडी नै ओलम्पिक अध्यक्षज्युलाई मेरो टोकियो जाने असमर्थता जानकारी गराएं। तर भुलवस पत्रिकामा टोकियो जाने लीस्टमा मेरो नाम समेत छापिएकोले पुन: समाचार मार्फत स्पस्ट पार्न उचित लाग्यो ।
पछिल्लो समय म मित्र राष्ट्र भारतको खेलकुद तयारी वारे थोरै चासो राख्दै आइरहेको छु ।
भारत सरकारको कार्यकारी प्रमुख (प्रधान मन्त्री), खेलमन्त्री, भारतिय ओलम्पिक कमिटी, SAI, खेलसंघ , खेलाडी सबैको तयारी र उनिहरुको खेल प्रति बढ्दै गएको आकर्षण र योजना निकै नै प्रभावकारी र लोभ लाग्दो छ।
आउदो सन २०२८ मा हुने Paris Olympic मा उत्कृष्ट १० देशमा पर्ने लक्षका साथ अगाडी बढी रहेक छन्।खेलकुद बारे उनीहरुको बुझाई, प्रस्तुती निकै अनुकरणीय र उत्शाहजनक देखिन्छ ।
भारत बाट यो पटक मात्र टोकीयो ओलम्पिकमा ११९ जना खेलाडीले सहभागी हुदैछन जसमा पुरुष ६७ र महिला ५३ जना छन्। पदाधीकारीहरु गरि जम्मा २२८ जना ।
उल्लेखनीय कुरा के छ भने हरेक ४/४ वर्षमा आयोजना हुने ओलम्पिक खेलमा नेपालको सहभागितालाई लिएर तिता मिठा टिका टिप्पणीहरु आउने गर्दछन जुन यो पटक पनि अछुतो रहन सकेन।
जब सम्म नेपालले आफ्नै खुट्टामा उभिएर प्रतिष्पर्धा मार्फत छनोट भई सहभागी हुने सामर्थ्य राख्दैन तव सम्म Wild Card वा Universal Quota बाट सहभागी बन्नु पर्दछ । अर्थात IOC को निर्देशन/दया अनुसार हामीले सहभागिता जनाउनु पर्दछ। हामी भन्दा धेरै साना राष्ट्रहरुले पनि ओलम्पिकमा पदक प्राप्त गरि रहेका धेरै उदाहरणहरु छन् । तर हाम्रो अवस्था भने यो यथार्थ भन्दा धेरै टाढा छ।
अब के गर्ने त ?
केहि सिमित खेलाडीहरुलाई मात्र बन्द प्रशिक्षणमा राखेर खेलकुदमा नतिजा प्राप्त गर्न सकिदैन। पदक प्राप्त भई हाले पनि त्यो दिगो रहदैन ।तसर्थ, उत्कृष्ट नतिजा, दिगो पनाका लागि समाजमा खेल संस्कृतिको विकास हुन जरुरी छ। खेलकुद समाज र व्यक्तिको जीवनशैली बन्न सक्नु पर्दछ।
जब सम्म राजनैतिक प्रतिबद्धताका साथ राज्यको लगानी हुन सक्दैन, तब सम्म खेलकुद विकास सम्भव छैन। अहीलेको वर्तमान सामाजिक विश्व परिवेशमा समाज रुपान्तरणको अभिन्न आधार खेलकुद क्षेत्र हो भन्ने बोध नीति निर्माण गर्ने तहमा जब सम्म महशुस हुदैन, तब सम्म हाम्रो अवस्था यस्तै रहने छ। हाम्रो ध्यान त्यस तर्फ केन्द्रित हुन आवश्यक छ।
भारतको हरियाना राज्यबाट मात्र सबै भन्दा धेरै २९ जना सहभागी बन्दैछन। यसरी नै हाम्रो कार्य क्षेत्र पनि गण्डकी प्रदेश भएकोले यो प्रदेशलाई राष्ट्रकै केन्द्र विन्दु बनाउन सकियो भने एक दिन नेपालको प्रतिनिधित्व गरि राष्ट्रिय गौरव अभिवृद्धि गर्ने खेलाडीहरुको उर्वर भुमि गण्डकी प्रदेश लाइ बनाउन सकिन्छ। यो प्रबल सम्भावना हाम्रो प्रदेशमा छ ।
हामी त्यस दिसा तर्फ उन्मुख छौ।
जय खेलकुद !