Play

मणिपाल अस्पतालका नर्सले न्युनतम २४ हजार भन्दा धेरै तलब पाउने, तिन सातादेखि चलेको आन्दोलन टुंगिने बिश्वास

गुरुकुल खबर


पोखरा, पोखराको नेपाल मणिपाल शिक्षण अस्पतालले अस्पतालमा कार्यरत नर्सहरुको लागि नयाँ तलबमान सार्बजनिक गरेको छ। नेपाल सरकारले हालसम्म कायम  गरेको न्युनतम तलब १७ हजार ३ सय रुपैया रहेको र मणिपाल अस्पतालले पनि तोकिए अनुसारको पारिश्रमिक दिंदै आएको जनाउंदै आगामी दिनको लागि भने तलब तथा पारिश्रमिक वृद्धि गरेको जनाएको हो।

अस्पतालले आगामी दिनमा लागू गर्ने गरी नयाँ तलबमान तथा भत्ता संरचना निर्धारण गरेको छ । जसअनुसार अब अस्पतालले बिएससी/बिएन स्टाफ नर्सहरुलाई मासिक २९ हजार ५ सय ८७ रुपैयाँ तलब प्रदान गर्ने छ भने पिसिएल स्टाफ नर्सहरुलाई २८ हजार ५ सय ८७ रुपैयाँ र सिएमए तथा एएनएएमलाई २६ हजार ५ सय ८७ रुपैयाँ पारिश्रमिक दिईने अस्पताल प्रशासनले जनाएको छ । यस्तै फ्रेसर स्टाफ नर्सलाई भने २४ हजार २ सय ८७  रुपैयाँ तलब निर्धारण गरिएको छ ।

अस्पतालमा कार्यरत नर्सलाई अन्य सुबिधा पनि दिईने गरिएको अस्पतालका अधिकारीहरुको भनाई छ । अस्पतालमा नर्सिङ स्टाफका लागि होष्टल तथा भोजन सुविधा समेत व्यवस्था रहेकोमा करिब ५० नर्सिङ कर्मचारीहरूका लागि मासिक ६ सय रुपैयाँमा आवासीय होस्टल सुविधा तथा आवाशीय नर्सको लागि अस्पतालको मेसमा प्रति छाक रु. ४५ मा पौष्टिक भोजन उपलब्ध गराउने ब्यबस्था रहेको उल्लेख छ।

नेपाल मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सिङ कर्मचारीहरुले यहि असोज १० गतेदेखि नेपालको प्रचलित ऐन कानुन नियमानुसार पारिश्रमिक र सेवा, सुविधा पाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएपछि अस्पतालले सरकारले तोकेको भन्दा कम पारिश्रमिक नदिईएको स्पष्ट पार्दै आगामी दिनमा हालको पारिश्रमिकमा समेत वृद्धि गर्ने जनाएको हो ।

नर्सहरु आन्दोलनमा रहेपछि अस्पतालको सेवा समेत प्रभावित बनेको छ साथै कतिपयले मणिपाल अस्पतालले पनि १२/१५ हजार पारिश्रमिक दिएर नर्सलाई काममा लगाउने गरेको भन्दै प्रचार गरेपछि अस्पतालले सरकारले तोके भन्दा कम सुबिधा वा तलब दिएर कसैलाई पनि काममा नलगाइएको स्पष्ट पारेको हो। यसबाहेक अस्पतालले नर्सिङ कर्मचारीहरूलाई सातामा एक दिन बिदा, घर बिदा, बिरामी बिदा र सरकारले तोकेका सम्पूर्ण सार्वजनिक बिदा प्रदान गर्दै आएको छ भने अतिरिक्त समय काम गर्ने नर्सिङ कर्मचारीहरूलाई टाईम बैंकिङ प्रणालीको व्यवस्था समेत गरेको जनाएको छ ।

नर्सहरु आन्दोलनमा उत्रिएपछि मणिपाल अस्पताल प्रशासनले आन्दोलनकारी नर्सहरुको वार्ता टोलीसँग असोज ११ गते, १९ गते, २४ गते र २७ गते गरि पटक पटक वार्ता गरेकोमा अर्को बैठक छिट्टै बस्ने र आन्दोलन टुंग्याउने बिषयमा सहमति हुने बिश्वास दुवै पक्षको छ। अस्पताल प्रशासनले पछिल्लो पटक वृद्धि गरेर लागु गर्ने भनिएको नयाँ तलबमान सम्बन्धी जानकारी वार्ता टोली र आन्दोलनरत कर्मचारीहरूलाई आधिकारिक रूपमा दिइसकिएकोले पनि आन्दोलन रोकिने विश्वासमा अस्पताल प्रशासन रहेको छ ।

अस्पतालजस्तो संवेदनशील क्षेत्रमा नाराबाजी गर्दै, कार्यरत अवस्थामै सम्पूर्ण जिम्मेवारी परित्याग गरी आन्दोलन र हड्तालमा उत्रने जस्ता गतिविधिले अस्पताल, उपचार सेवा लिने उपभोक्ता र सम्पूर्ण स्वास्थ्य प्रणालीमा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले, सबै सरोकारवाला पक्षहरूलाई शान्तिपूर्ण, जिम्मेवार र संवादमुखी माध्यमबाट समस्याको समाधान खोज्न अस्पताल प्रशासनले अपिल गरेको छ ।

सम्बन्धित केहि समाचार ..

जेनजी आन्दोलनका घाइतेहरुलाई मणिपालले निशुल्क उपचार गर्ने

 

मणिपाल अस्पतालमा न्युरोक्रिटिकल केयर वर्कशप हुने, पोखराको बिभिन्न अस्पतालमा कार्यरत नर्सहरु सहभागी बन्ने

मणिपाल अस्पतालको स्वास्थ्य परीक्षण सुबिधा योजना: विभिन्न संघसंस्थासंगको सहकार्य जारी

मणिपाल अस्पतालमा क्यान्सरको अत्याधुनिक उपचार सेवा, क्यान्सरको उपचार गर्न अब पोखरा बाहिर जानुनपर्ने

मणिपाल अस्पताल: विभिन्न संघसंस्थासंग स्वास्थ्य प्याकेजको सम्झौता, सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न काम

 

विभिन्न किसिमको क्यान्सरको उपचार अब मणिपाल अस्पतालमै हुने

पोखराको मणिपाल अस्पतालमा परम्परागत प्राकृतिक चिकित्सा सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन सम्पन्न

मेरो तन, मन र धन स्वास्थ्य क्षेत्र अनि मणिपालमा लगाउँछु, मणिपाल बिक्री गर्ने कुनै सोच छैन- आनन्दराज बतास

 

शरीरको चिरफार र शरीर बिज्ञानको अध्ययन गर्न मणिपाल कलेजमा ‘क्याडाभिज भर्चुअल डिसेक्सन टेबल’

मणिपाल अस्पतालमा ‘न्युरो-नेभिगेसन’ मेसिनबाट उपचार शुरु, उपचारको निम्ति पोखरा बाहिर जानुपर्ने अबस्था अन्त्य गर्दैछौं- पौडेल

मणिपाल अस्पतालमा नयाँ सेवा थपिंदै, डिलक्स रुम संचालनमा, क्यान्सर कक्ष र अत्याधुनिक ल्याब छिट्टै

 

२८ आश्विन २०८२, मंगलवार २२:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा