Play

पोखराको मणिपाल अस्पतालमा परम्परागत प्राकृतिक चिकित्सा सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन सम्पन्न

गुरुकुल खबर


पोखरा, पोखराको नेपाल मणिपाल शिक्षण अस्पतालमा आयोजना गरिएको परम्परागत चिनियाँ चिकित्सा संस्कृतिको अन्तर्राष्ट्रिय मञ्च (आईएफटीसीएमसी) को दोस्रो संस्करण अन्तर्गतको कार्यक्रम मंगलवार सम्पन्न भएको छ । यस किसिमको अन्तराष्ट्रिय कार्यक्रम यस अगाडी मकाउमा सम्पन्न भएको थियो । तिन दिनसम्म संचालन भएको उक्त कार्यक्रममा नेपाल र चिनमा चलिरहेका परम्परागत प्राकृतिक चिकित्सा पद्धतिहरुको बारेमा बृहत चर्चा गरिनुको साथै आधुनिक चिकित्सा पद्दति र प्राकृतिक चिकित्सा पद्दतिको बारेमा बिज्ञहरुले जानकारी गराएका थिए ।

तिन दिनसम्म चलेको उक्त कार्यक्रम बिशेष गरि नेपाल र चीनको परम्परागत उपचार पद्धति आदानप्रदान गर्ने उद्देश्यका साथ आयोजना गरिएको बुझिएको छ । आयोजित उक्त कार्यक्रम परम्परागत प्राकृतिक चिकित्सा पद्धतिहरुको चर्चा तथा विविध साँस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको हो । महागुरु पण्डित युवानन्दको नेतृत्वमा तिन दिनसम्म चलेको उक्त कार्यक्रमको दौरानमा विभिन्न मनोरन्जनात्मक कार्यक्रम समेत गरिएको थियो ।

मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुभिलका अनुसार उक्त कार्यक्रमको नेतृत्व महागुरु पण्डित युवानन्दले गरेका थिए । कार्यक्रम अवधिभर महागुरु पण्डित युवानन्दले आफ्नो प्रेरणादायी सम्बोधनसंगै परम्परागत चिकित्सा पद्धतिहरुबारे अनुभवहरु सुनाएका थिए । उनले परम्परागत उपचार पद्धतिबाट कसरी फाईदा लिने र यसलाई कसरी आधुनिक उपचार पद्धतिमा जोडेर मानव स्वास्थ्यलाई थप राम्रो बनाउन सकिन्छ भन्नेबारेमा महत्वपुर्ण प्रस्तुति दिएको प्रमुख कार्यकारी अधिकृत ओडुभिलले गुरुकुल खबरलाई जानकारी दिए ।

कार्यक्रममा मलेसिया, चीन, ताईवान र मकाउ लगायत विभिन्न मुलुकहरुबाट परम्परागत प्राकृतिक उपचारमा संलग्न प्रोफेसर डाक्टरहरुको साथै परम्परागत प्राकृतिक औषधिको उत्पादकको रुपमा नेपालमा स्थापित विभिन्न फर्मास्युटिकल कम्पनीका सञ्चालकहरुको पनि सहभागिता रहेको थियो । यसका साथै पोखराका ३२ वटा निजि तथा सरकारी अस्पताल सहित विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधिहरुको समेत कार्यक्रममा सहभागिता रहेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत ओडुभिलले जानकारी दिए ।

विगत ४० वर्षदेखि नेपालको स्वास्थ्य, शिक्षा र खानेपानीमा समेत विभिन्न किसिमबाट सहयोग गर्दै आएका पण्डित युवानन्दले बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माणाधीन अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रका लागि च्यारिटी कार्यक्रमहरु पनि संचालन गर्दै आएका छन ।

८ जेष्ठ २०८२, बिहीबार १७:०६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा