पोखरा, पोखरा महानगरपालिका -१२ शितालादेबी बस्ने देबिकला अधिकारीलाई पेस्तोल देखाएर लुटपाट गरेको अभियोगमा प्रहरीले २४ बर्षीय सुजन बिकलाई पक्राउ गरेको छ। अधिकारी साँझ साढे आठबजेतिर आफ्नो घरको गेटबाट भित्र प्रवेश गर्न लाग्दा गेट बाहिर कुरेर बसेको युवाले सुनका गरगहना लुटेर भागेकोमा स्थानीय बासिन्दाले नियन्त्रमा लिन सफल भएका थिए ।
निज सुजन बिकले अधिकारीको घाटीमा लगाएको करिब तिन तोलाको सुनको सिक्री र कानमा लगाएको रिंग समेत लुटेर भाग्न लाग्दा अधिकारीले आँफैले लुटेरालाई समातेकी थिईन। गाडी घरभित्र राख्न गेट खोल्दै गरेकी श्रीमतीको सुन लुट्दै गरेको दृश्य देखेका उनका श्रीमान भने लुटेराले ताकेको पेस्तोल देखेपछि झन्डै बेहोस भएर गाडीबाट बाहिर निस्कन नसकेको र संगै रहेकी छोरी पनि भागेर घरभित्र पसेको बताइन्छ ।
केहि समय लुटेरासंग जुध्दै हारगुहार गरेपछि स्थानीय व्यक्तिहरु आएको र लुटेरा भने सुन लिएर भागेको थियो त्यसपछि निजलाई स्थानीय र प्रहरीको सहयोगमा भाग्दै गरेको अबस्थामा केहि पर बाट नियन्त्रणमा लिईएको बताईएको छ।

सुनका गरगहना लुटिएकी पोखरा -१२ की देबिकला अधिकारी
लुटिएका गहना फिर्ता लिने र लुटेरालाई कब्जामा लिने प्रयास गरेकी ति महिलाको अनुहार, हात खुट्टामा समेत चित लागेर घाइते भएकी थिईन। उनि उपचार पछी घर फर्केकी छन भने लुटेराले लागेको सुनको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बुझिएको छ। निज सुजन बिकले पेस्तोल देखाएर अधिकारीलाई लुटपाट गरेको प्रहरीले जनाएको छ।
लुटपाट गरेको सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले निज बिकलाई एक थान नक्कली पेस्तोल र निजले प्रयोग गरेको ग १३ प ९८३२ नम्बरको मोटरसाइकल सहित पक्राउ गरि अनुसन्धान शुरु गरेको जनाएको छ।

पक्राउ परेका बिक पर्बत जिल्लाको मोदी गाउँपालिका – १ स्थायी घर भएपनि हाल पोखरा महानगरपालिका -२० भलाममा बस्दै आएको कास्की प्रहरीले जनाएको छ।














