Play

नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवा पोखरामा पक्राउ, सुनका गहना लुटिएकी अधिकारी घाइते

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका -१२ शितालादेबी बस्ने देबिकला अधिकारीलाई पेस्तोल देखाएर लुटपाट गरेको अभियोगमा प्रहरीले २४ बर्षीय सुजन बिकलाई पक्राउ गरेको छ। अधिकारी साँझ साढे आठबजेतिर आफ्नो घरको गेटबाट भित्र प्रवेश गर्न लाग्दा गेट बाहिर कुरेर बसेको युवाले सुनका गरगहना लुटेर भागेकोमा स्थानीय बासिन्दाले नियन्त्रमा लिन सफल भएका थिए ।

निज सुजन बिकले अधिकारीको घाटीमा लगाएको करिब तिन तोलाको सुनको सिक्री र कानमा लगाएको रिंग समेत लुटेर भाग्न लाग्दा अधिकारीले आँफैले लुटेरालाई समातेकी थिईन। गाडी घरभित्र राख्न गेट खोल्दै गरेकी श्रीमतीको सुन लुट्दै गरेको दृश्य देखेका उनका श्रीमान भने लुटेराले ताकेको पेस्तोल देखेपछि झन्डै बेहोस भएर गाडीबाट बाहिर निस्कन नसकेको र संगै रहेकी छोरी पनि भागेर घरभित्र पसेको बताइन्छ ।

केहि समय लुटेरासंग जुध्दै हारगुहार गरेपछि स्थानीय व्यक्तिहरु आएको र लुटेरा भने सुन लिएर भागेको थियो त्यसपछि निजलाई स्थानीय र प्रहरीको सहयोगमा भाग्दै गरेको अबस्थामा केहि पर बाट नियन्त्रणमा लिईएको बताईएको छ।

                                          सुनका गरगहना लुटिएकी पोखरा -१२ की देबिकला अधिकारी

लुटिएका गहना फिर्ता लिने र लुटेरालाई कब्जामा लिने प्रयास गरेकी ति महिलाको अनुहार, हात खुट्टामा समेत चित लागेर घाइते भएकी थिईन। उनि उपचार पछी घर फर्केकी छन भने लुटेराले लागेको सुनको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बुझिएको छ।  निज सुजन बिकले पेस्तोल देखाएर अधिकारीलाई लुटपाट गरेको प्रहरीले जनाएको छ।

लुटपाट गरेको सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले निज बिकलाई एक थान नक्कली पेस्तोल र निजले प्रयोग गरेको ग १३ प ९८३२ नम्बरको मोटरसाइकल सहित पक्राउ गरि अनुसन्धान शुरु गरेको जनाएको छ।

पक्राउ परेका बिक पर्बत जिल्लाको मोदी गाउँपालिका – १ स्थायी घर भएपनि हाल पोखरा महानगरपालिका -२० भलाममा बस्दै आएको कास्की प्रहरीले जनाएको छ।

 

२८ आश्विन २०८२, मंगलवार २०:०३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा