Play

गुडिरहेको गाडीमा रहस्यमय किसिमले यात्रुको मृत्यु, मृतक जुम्लाका रावत

गुरुकुल खबर


पोखरा, गुडिरहेको गाडीमा बसिरहेका एक युवकको रहस्यमय ढंगले मृत्यु भएको छ । पश्चिम नेपालको मुगुबाट नेपालगन्ज आउँदै गरेको गाडीमा यात्रा गरिरहेका २२ वर्षीय युवक मृत फेला परेका छन् ।

जुम्लाको हिमा गाउँपालिका–१, निवासी  २२ बर्षीय गणेश रावत गए राति गुडिरहेको गाडीमा मृत अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए । ‎रावत मुगुबाट सोही गाडीमा चढेर जुम्ला आउँदै गरेको अबस्थमा उक्त घटना भएको थियो।

‎‎प्रहरी नायव उपरीक्षक रेग्मीका अनुसार, रावत ०२००१ ख ११३८ नम्बरको एसएमएल गाडीमा सुतेका थिए । ‎जुम्ला आइपुगेपछि अन्य यात्रुले उठाउन खोज्दा नउठेपछि हेर्दा उनी मृत अवस्थामा रहेको खुलेको थियो।

‎‎गाडीमा सवार अन्य यात्रुहरूले सुतिरहेको बाहेक कुनै असामान्य गतिविधि नदेखेको बताएका छन्। ‎परिवारका सदस्यले गणेश रावतलाई खासै गम्भीर बिरामी नभएको तर कहिलेकाहीँ मदिरा सेवन गर्ने गरेको बताए । रावतको शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको बताइएको छ।

२३ आश्विन २०८२, बिहीबार १०:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा