नेपाली काङ्ग्रेस १४ महाधिवेशनको नजिक पुगेको छ। देशको लामो र गौरवपुर्ण इतिहास बोकेको लोकतान्त्रिक पार्टीको महाधिवेशन हुँदै गर्दा देश भित्र र बाहिर समेत अत्यन्त महत्त्वका साथ हेरिएको छ।किनकि यसले तय गर्ने बिचार,निति,दृष्टिकोण,योजना र नेतृत्व बाट देश,नागरिक र अन्तर्राष्ट्रिय सम्बन्ध समेतमा महत्त्वपूर्ण प्रभाव पार्दछ।
जननायक वि पि कोइराला द्वारा प्रतिपादित बिचार र सिद्धान्तको मुल स्वरुपमा सञ्चालित यो पार्टीको महाधिवेशन नजिकिदै गर्दा लोकतान्त्रिक बिचारको पार्टी भएको नाताले पनि पार्टी भित्र,बाहिर र शुभचिन्तक एवं बिचारकहरु बाट पार्टीको बैचारिक,सैद्धान्तिक साङ्ग्ठनिक,दृष्टिकोण,भावी योजनाहरु र नेतृत्व तहको बारेमा बहस र छलफल सुरु भएकाछन् ।
जुन किसिमले कुराहरु आएका छन् ।
यी लगाएतका बिषयहरुमा व्यापक र घनिभुत रुपमा जनमन्थन भइ कतिपय बिषयहरुमा स्पष्टता र कतिपयमा समयको गतिशीलता संगै परिस्कृत र परिमार्जन गर्दै जानु आवश्यक छ।
१, पार्टीको बैचारिक सैद्धान्तिक पक्ष।
२, साङ्ग्ठनिक संरचना।
३, निति र योजनाहरु।
४, मुद्दा ।
५, नेतृत्व ।
यी बिषयहरु लाई सहि दिशा दिन बिगतको निर्मम समिक्षा,बर्तमानको यथार्थता लाई अध्ययन र विश्लेषण गरि भावी कार्यक्रमको तय गर्नुपर्दछ। यदि पार्टीलाई लोकतान्त्रिक समाजवादी बिचार एवं नागरिकको पार्टी बनाउने हो भने त्यहाँ नागरिकको चाहना र आवस्यकताको स्पष्ट झलक देखिनु पर्दछ। यी बिषयहरुमा राज्यको जिम्मेवारी हुनुपर्छ।
१, हरेक परिवारको निम्ति आवासको ब्यबस्था।
२, इन्स्योरेन्स लगाएका ब्यबस्था मार्फत सबैको स्वास्थमा पहुँच।
३, सबैलाई क्षमता र ईच्छाको आधारमा शिक्षा र तालीमको ब्यबस्था।
४, ब्यापाक उत्पादनका योजना तयार गरि स्वरोजगारिको ब्यबस्था।
त्यसमा बिदेशमा रोजगारका निम्ति पुगेका युवा र ३० बर्ष मुनिका नव युवालाई उत्पादन र पर्यटन तर्फ जोड दिने।
५, प्रौढका निम्ति निवृत्तभरण्को ब्यबस्था।
यी र यस्ता बिषयहरु संगै पार्टीलाई बिचार र व्यबहारबाट नै ग्रामीणमुखि,जनमुखी एवं तल्लो बर्ग समुदायको उत्थानका कार्यक्रमहरु तयार गरि लोकतान्त्रिक पद्धतिको समुन्नति तर्फ गतिशील बनाउदै अगाडि बढ्न प्रतिबद्ध हुनपर्छ।
१७ असार २०७८, बिहीबार २१:१२ मा प्रकाशित