Play

नेपालमा बिहान ११ बजेर ५३ मिनेटमा दशैंको टिकाको साइत, अष्ट्रेलियाका नेपालीले भने टिका लगाईसके

गुरुकुल खबर


पोखरा, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले नेपालमा यस वर्षको दसैँको टीकाको शुभसाइत असोज १६ गते बिहीबार ११:५३ बजेको लागि सार्वजनिक गरेको छ । समितिका अध्यक्ष प्रा.शम्भु प्रसाद ढकालका अनुसार असोज १६ गते बिहीबार ११:५३ बजे दसैँकाे टीकाको शुभसाइत रहेको छ ।

देवी विसर्जनको साइत बिहान ९:२३ बजे रहेको छ । टीका लगाइमाग्ने पूर्व फर्कनुपर्ने समितिले जानकारी दिएको छ ।यसैगरि अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरुका लागि विजयादशमीको टीकाको शुभ साइत सार्वजनिक गरेको छ ।

सोहि साइतअनुसार नै कतिपय मुलुकमा नेपालीहरुले टिका लागिसकेको छन। अष्ट्रेलियामा पनि नेपालीहरुले बिजय दशमीको टिका लगाइसकेको छन। अष्ट्रेलियाको सिड्नीमा रहेका ओमप्रकाश पराजुलीले अन्तराष्ट्रिय पंचांग निर्णायक समितिको निर्णय अनुसार नै तोकिएको साइतमा नेपालीहरुले टिका लगाएको बताए ।

यसैगरी अष्ट्रेलियाको मेलबर्नमा पनि नेपालीहरुले आफ्नो मान्यजनबाट टिका लगाइसकेको र टिका थाप्ने क्रम भने जारी रहेको बताइएको छ

बिभिन्न मुलुकको लागि तोकिएको दशैंको टिकाको साइत यसप्रकार छ

१६ आश्विन २०८२, बिहीबार ०९:०० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा