पोखरा, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले नेपालमा यस वर्षको दसैँको टीकाको शुभसाइत असोज १६ गते बिहीबार ११:५३ बजेको लागि सार्वजनिक गरेको छ । समितिका अध्यक्ष प्रा.शम्भु प्रसाद ढकालका अनुसार असोज १६ गते बिहीबार ११:५३ बजे दसैँकाे टीकाको शुभसाइत रहेको छ ।
देवी विसर्जनको साइत बिहान ९:२३ बजे रहेको छ । टीका लगाइमाग्ने पूर्व फर्कनुपर्ने समितिले जानकारी दिएको छ ।यसैगरि अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरुका लागि विजयादशमीको टीकाको शुभ साइत सार्वजनिक गरेको छ ।
सोहि साइतअनुसार नै कतिपय मुलुकमा नेपालीहरुले टिका लागिसकेको छन। अष्ट्रेलियामा पनि नेपालीहरुले बिजय दशमीको टिका लगाइसकेको छन। अष्ट्रेलियाको सिड्नीमा रहेका ओमप्रकाश पराजुलीले अन्तराष्ट्रिय पंचांग निर्णायक समितिको निर्णय अनुसार नै तोकिएको साइतमा नेपालीहरुले टिका लगाएको बताए ।
यसैगरी अष्ट्रेलियाको मेलबर्नमा पनि नेपालीहरुले आफ्नो मान्यजनबाट टिका लगाइसकेको र टिका थाप्ने क्रम भने जारी रहेको बताइएको छ


बिभिन्न मुलुकको लागि तोकिएको दशैंको टिकाको साइत यसप्रकार छ


















