बेइजिङ । चीनमा एउटै परिवारका ११ जनालाई मृत्युदण्डको सजायं दिइएको छ । चीनको सिमाबर्ती शहर म्यानमारमा घोटाला केन्द्र सञ्चालन गरेको आरोपमा एक अदालतले माफिया परिवारका ११ जना सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको चिनियाँ सरकारी सञ्चारमाध्यमको समाचारलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
माफिया परिवारका दर्जनौँ सदस्यहरू आपराधिक गतिविधिमा संलग्न रहेको र परिवारका अन्य धेरै सदस्यहरूलाई पनि लामो जेल सजाय सुनाइएको समाचारमा उल्लेख छ।
चीनको यो माफिया परिवारले म्यानमारको सानो सहर लौक्काईलाई नियन्त्रण गर्ने चार घरानाहरू मध्ये एकको लागि काम गर्थ्यो । म्यानमार–चीन सीमा नजिकै अवस्थित यो सहर जुवा, लागूपदार्थ र असङ्ख्य घोटाला केन्द्रहरूको केन्द्र बनेको छ।
२०२३ मा म्यानमारले यी परिवारहरूमाथि कारबाही गर्ने क्रममा धेरै सदस्यहरूलाई पक्राउ गरेर चिनियाँ अधिकारीहरूलाई बुझाएको थियो । चीनको सरकारी टिभी च्यानल सीसीटीभीकाअनुसार उत्तरी सहर वेन्झाउको एक अदालतले सोमबार माफिया परिवारका कुल ३९ सदस्यलाई सजाय सुनाएकोमा ११ जनालाई मृत्युदण्ड दिईने भएको हो ।















