Play

चीनमा एकै परिवारका ३९ जनालाई सजाँय, ११ जनालाई मृत्युदण्ड

गुरुकुल खबर


बेइजिङ । चीनमा एउटै परिवारका ११ जनालाई मृत्युदण्डको सजायं दिइएको छ । चीनको सिमाबर्ती शहर म्यानमारमा घोटाला केन्द्र सञ्चालन गरेको आरोपमा एक अदालतले माफिया परिवारका ११ जना सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको चिनियाँ सरकारी सञ्चारमाध्यमको समाचारलाई उद्धृत गर्दै  बिबिसीले जनाएको छ ।

माफिया परिवारका दर्जनौँ सदस्यहरू आपराधिक गतिविधिमा संलग्न रहेको र परिवारका अन्य धेरै सदस्यहरूलाई पनि लामो जेल सजाय सुनाइएको समाचारमा उल्लेख छ।

चीनको यो माफिया परिवारले म्यानमारको सानो सहर लौक्काईलाई नियन्त्रण गर्ने चार घरानाहरू मध्ये एकको लागि काम गर्थ्यो । म्यानमार–चीन सीमा नजिकै अवस्थित यो सहर जुवा, लागूपदार्थ र असङ्ख्य घोटाला केन्द्रहरूको केन्द्र बनेको छ।

२०२३ मा म्यानमारले यी परिवारहरूमाथि कारबाही गर्ने क्रममा धेरै सदस्यहरूलाई पक्राउ गरेर चिनियाँ अधिकारीहरूलाई बुझाएको थियो । चीनको सरकारी टिभी च्यानल सीसीटीभीकाअनुसार उत्तरी सहर वेन्झाउको एक अदालतले सोमबार माफिया परिवारका कुल ३९ सदस्यलाई सजाय सुनाएकोमा ११ जनालाई मृत्युदण्ड दिईने भएको हो ।

१४ आश्विन २०८२, मंगलवार ०९:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा