पोखरा, पोखरामा रहेर गीतसंगीतको क्षेत्रमा क्रियाशील व्यक्तित्व एबम लोक दोहोरी गायक अमर धिताललाई मातृशोक परेको छ । उनकी आमा तिलुमाया धितालको ८८ बर्षको उमेरमा हालै निधन भएको हो । पोखरा महानगरपालिका -१३ आर्बामा बसोबास गर्दै आएकी तिलुमायाका यमबहादुर धिताल र अमर धिताल गरि दुई छोरा र राममाया बराल, शिवा तिमिल्सिना, नारायणी कार्की, बिष्णुमाया धिताल र शान्ति बराल गरि पांच छोरीहरु रहेका छन ।
उनका छोरा अमर धिताल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका संस्थापक सचिबालय सदस्य समेत हुन । उनि नेपाल सांस्कृतिक संघको कास्की जिल्ला अध्यक्ष समेत हुन । लामो समयदेखि पोखराका बिभिन्न दोहोरी रेस्टुरेन्टमा गीत गाउने गरेका अमर धिताल पछिल्लो समय रुपाहिल दोहोरीमा लोकदोहोरी गायकको रुपमा संलग्न छन राजनीतिक रुपमा उनि नेपाली काँग्रेसमा आबद्द छन ।
स्व. तिलकुमारी प्रति श्रद्दान्जली अर्पण गर्न तथा धिताल परिवारमा समबेदना प्रकट गर्न कलाकारहरु, संचारकर्मीहरु राजनीतिक दलका नेता कार्यकर्ताहरु र उनका शुभचिन्तकहरु धितालको निवासमा पुग्ने क्रम जारी छ।
















