पोखरा, नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ आंफ्नो नेतृत्वमा रहेको मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् । हाललाई मन्त्रि परिषदमा तिनजना मन्त्रि थप गरिने भएको छ। जस अनुसार नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिईने छ ।
यसैगरी पुर्ब अर्थ सचिब रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी र काठमाडौँका मेयर बालेन शाहका पुर्ब कानुनी सल्लाहकार ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिईने स्रोतले जानकारी दिएको छ । उनीहरुको शपथ भने भोलि सोमबार हुने जनाइएको छ।
गत सोमबार र मंगलबार जेनजी पुस्ताका युवाहरूले देशभरी गरेको प्रदर्शन पछि तत्कालिन प्रधानमन्त्री एबम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि पूर्वप्रधानन्यायाधीश कार्की गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् ।
कार्कीको मन्त्रिपरिषदमा सुमना श्रेष्ठ, हर्क साम्पांग, किरण अधिकारी, लेखनाथ पाण्डे, प्रेम संजेल, गोपीनाथ मैनाली, प्रेमसिंह बस्नेत र भगवान कोइरालालाई पनि बिभिन्न मन्त्रालयको जिम्मेवारी दिईने चर्चा चलेको भएपनि हालसम्म घिसिंग, खनाल र अर्यालको टुंगो लागेको र अन्यका सम्बधमा छलफल भैरहेको बताइएको छ।















