Play

मन्त्रिपरिषद बिस्तार: घिसिंगलाई उर्जा, खनाललाई अर्थ र अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी

गुरुकुल खबर


पोखरा, नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ आंफ्नो नेतृत्वमा रहेको मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् । हाललाई मन्त्रि परिषदमा तिनजना मन्त्रि थप गरिने भएको छ।  जस अनुसार नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिईने छ ।

यसैगरी पुर्ब अर्थ सचिब रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी र काठमाडौँका मेयर बालेन शाहका पुर्ब कानुनी सल्लाहकार ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिईने स्रोतले जानकारी दिएको छ । उनीहरुको शपथ भने भोलि सोमबार हुने जनाइएको छ।

गत सोमबार र मंगलबार जेनजी पुस्ताका युवाहरूले देशभरी गरेको प्रदर्शन पछि तत्कालिन प्रधानमन्त्री एबम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।  उनको राजीनामापछि पूर्वप्रधानन्यायाधीश कार्की गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् ।

कार्कीको मन्त्रिपरिषदमा सुमना श्रेष्ठ, हर्क साम्पांग, किरण अधिकारी, लेखनाथ पाण्डे, प्रेम संजेल, गोपीनाथ मैनाली, प्रेमसिंह बस्नेत र भगवान कोइरालालाई पनि बिभिन्न मन्त्रालयको जिम्मेवारी दिईने चर्चा चलेको भएपनि हालसम्म घिसिंग, खनाल र अर्यालको टुंगो लागेको र अन्यका सम्बधमा छलफल भैरहेको बताइएको छ।

२९ भाद्र २०८२, आईतवार २१:५८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा