Play

पोखरामा पहिलो पटक राष्ट्रिय आर्म रेस्लिङ्ग प्रतियोगिता हुने

गुरुकुल खबर


पोखरा,  पोखरामा पहिलो पटक राष्ट्रिय आर्म रेस्लिङ्ग प्रतियोगिता हुने भएको छ । आर्म रेस्लिङ्ग संघ, कास्कीले आयोजना गर्न लागेको यस किसिमको प्रतियोगिता पोखरामा हुन लागेको आर्म रेस्लिङ्ग संघ कास्कीका अध्यक्ष नविन गुरुङले बताए।

प्रतियोगिता यहि भदौ २० र २१ गते पोखरा महानगरपालिकाको लेकसाइडस्थित आइभिवाई क्लवमा हुने प्रतियोगिताका संयोजक खली थापाले गुरुकुल खबरलाई जानकारी दिए ।

तौल समूह अनुसार चार विधा अर्थात ६० केजी मुनि, ७० केजी मुनि, ८० केजी मुनि र ८० केजी माथी तौल समूहमा प्रतिष्पर्धा गर्न लागिएको हो ।

चार विधामा नै समान पुरस्कार राशी राखिएको बताउंदै आर्म रेस्लिङ्ग संघ, कास्कीका प्रथम उपाध्यक्ष एवं प्रतियोगिताका व्यवस्थापक रत्न बहादुर आलेले प्रथम, द्धितिय र तृतीय हुनेले क्रमस ५० हजार, २५ हजार र १० हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताए ।

च्याम्पिन अफ च्याम्पिनलाई नगद एक लाख रुपैया र प्रमाणपत्र प्रदान गरिनेछ ।

यस किसिमको प्रतियोगितामा यो नै हालसम्मको सबैभन्दा ठुलो राशिको पुरस्कार रहेको आयोजकको भनाई छ ।  प्रतियोगिता सम्पन्न गर्न २३ लाख १९ हजार रुपैया खर्च लाग्ने आयोजकको अनुमान छ ।

प्रतियोगितामा सहभागि हुन देशभरबाट करिब एक सय ५० भन्दा बढि खेलाडी पोखरा आउने अनुमान गरिएको छ । प्रतियोगितामा सहभागि हुन चाहने खेलाडीले यही भदौँ १८ गतेसम्म आवेदन दिनसक्ने बताइएको छ  ।

१८ भाद्र २०८२, बुधबार २१:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा