पोखरा, पोखरामा पहिलो पटक राष्ट्रिय आर्म रेस्लिङ्ग प्रतियोगिता हुने भएको छ । आर्म रेस्लिङ्ग संघ, कास्कीले आयोजना गर्न लागेको यस किसिमको प्रतियोगिता पोखरामा हुन लागेको आर्म रेस्लिङ्ग संघ कास्कीका अध्यक्ष नविन गुरुङले बताए।
प्रतियोगिता यहि भदौ २० र २१ गते पोखरा महानगरपालिकाको लेकसाइडस्थित आइभिवाई क्लवमा हुने प्रतियोगिताका संयोजक खली थापाले गुरुकुल खबरलाई जानकारी दिए ।
तौल समूह अनुसार चार विधा अर्थात ६० केजी मुनि, ७० केजी मुनि, ८० केजी मुनि र ८० केजी माथी तौल समूहमा प्रतिष्पर्धा गर्न लागिएको हो ।
चार विधामा नै समान पुरस्कार राशी राखिएको बताउंदै आर्म रेस्लिङ्ग संघ, कास्कीका प्रथम उपाध्यक्ष एवं प्रतियोगिताका व्यवस्थापक रत्न बहादुर आलेले प्रथम, द्धितिय र तृतीय हुनेले क्रमस ५० हजार, २५ हजार र १० हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताए ।
च्याम्पिन अफ च्याम्पिनलाई नगद एक लाख रुपैया र प्रमाणपत्र प्रदान गरिनेछ ।
यस किसिमको प्रतियोगितामा यो नै हालसम्मको सबैभन्दा ठुलो राशिको पुरस्कार रहेको आयोजकको भनाई छ । प्रतियोगिता सम्पन्न गर्न २३ लाख १९ हजार रुपैया खर्च लाग्ने आयोजकको अनुमान छ ।
प्रतियोगितामा सहभागि हुन देशभरबाट करिब एक सय ५० भन्दा बढि खेलाडी पोखरा आउने अनुमान गरिएको छ । प्रतियोगितामा सहभागि हुन चाहने खेलाडीले यही भदौँ १८ गतेसम्म आवेदन दिनसक्ने बताइएको छ ।















