Play

सिडेन गण्डकीको अध्यक्षमा थापा र बाँस्तोलाबीच प्रतिष्पर्धा, कोषाध्यक्ष र सदस्य बाहेकका पदमा शनिबार मतदान हुने,

गुरुकुल खबर


पोखरा, यहि भदौ १४ गते शनिबार हुने सेन्टर फर डेमोक्रेटिक इन्जिनीयर्स, नेपाल  (सिडेन ), गण्डकी प्रदेशको निर्वाचनको तयारी करिब पुरा भएको छ। नेपाली काँग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको सिडेनमा कांग्रेस निकट वा प्रजातन्त्रबादी इन्जिनीयरहरु मात्र सदस्य रहेका छन।

गण्डकी प्रदेशमा ५ सय ६७ जना इन्जिनीयरहरु यस संस्थामा सदस्य रहेका छन। संस्थाको नयाँ कार्यसमितिको निर्बाचनको लागि यस अगाडी नै  उमेदवारहरुको मनोनयन दर्ता भैसकेको छ।  शनिबार पोखराको न्युरोडमा विधुतीय मेसिनबाट मतदान हुने कार्यक्रम रहेको सिडेन गण्डकीका अध्यक्ष ई बिजेन्द्र केसीले गुरुकुल खबरलाई जानकारी दिए ।

शनिबार हुने निर्बाचनबाट ५ जना पदाधिकारी र १० जना सदस्य रहेको १५ सदस्यीय कार्यसमिति चयन गरिनेछ। नयाँ कार्यसमितिको सभापति पदका लागि ई. अन्जान थापा र ई. शिरश कुमार बास्तोलाको बिचमा प्रतिष्पर्धा हुने भएको छ। अध्यक्ष पदमा उमेदवारी दिएका राजेश भट्टराईले उमेदवारी फिर्ता लिएको कारण थापा र बाँस्तोलाबीच प्रतिष्पर्धा हुने भएको हो ।

समितिको उप सभापतिमा ई. दिपक बहादुर कडेल र ई. हेम बहादुर गुरुङको बिचमा प्रतिष्पर्धा हुने भएको छ भने सचिब पदमा ई. महेन्द्र पौडेल र ई. तारापति भट्टराईको बिचमा प्रतिष्पर्धा हुनेभएको छ।

समितिको कोषाध्यक्ष पदमा भने ई. यमुना केसी निर्बिरोध निर्बाचित भएकी छन  यसैगरी सहसचिब पदमा ई. नन्दलाल सापकोटा (नबिन) र ई’ सुसन त्रिपाठी चुनाबी मैदानमा उत्रिएका छन।

कार्यसमितिको सदस्यहरु भने निर्बिरोध निर्बाचित भएका छन जसअनुसार ई’ ध्रुब गर्बुजा पुन, ई. मोहन सिग्देल, ई. ऋतु अधिकारी, ई. बसन्त भट्ट, ई.धर्मेन्द्र कुमार शाह, ई. संगम बन्जारा, ई. राजन ढकाल, ई. किरणराज सिग्देल, ई. सुमन पाण्डे, ई. दलबहादुर खत्री (बिशाल) निर्बिरोध निर्बाचित भएको निर्बाचन समितिका संयोजक ई. सागर भट्टराईले गुरुकुल खबरलाई जानकारी दिएका छन ।

सम्बन्धित समाचार

सिडेन गण्डकीको सचिबमा ई.महेन्द्रको उमेदवारी

 

१३ भाद्र २०८२, शुक्रबार १२:०७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा