Play

कास्की कांग्रेसका जिल्ला सदस्य कोइरालालाई मातृशोक

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेस कास्की जिल्ला कार्यसमितिका सदस्य रामजी प्रसाद कोइरालालाई मातृशोक परेको छ। कोइरालाकी आमा धार्मिक एबम सामाजिक व्यक्तित्व बसन्धरी कोइरालाको ९३ बर्षको उमेरमा आइतबार दिउसो निधन भएको हो ।

पोखरा महानगरपालिका – ५ प्रस्यांग निवासी कोइरालाको अबस्था सामान्य रहेकै समयमाआइतबार बिहान केहि अस्वस्थ महशुस गरेको र उपचारको लागि अस्पताल लगिएकोमा उनको निधन भएको थियो ।

स्व. कोइरालाका दुई छोराहरु रामजी प्रसाद कोइराला र लक्ष्मन कोइराला रहेको छन् भने तिन छोरीहरु सिता, नारायणी र राधा रहेको जानकारी स्थानीय शिबप्रसाद पराजुलीले गुरुकुल खबरलाई दिएका छन ।

कोइरालाको  आइतबार दिउँसो नै पोखराको रामघाटमा अन्त्येष्टि गरिएको थियो। उनको अन्त्येष्टीमा नेपाली काँग्रेस, नेकपा एमाले सहित बिभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु सहित आफन्तजन र स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो ।

२५ जेष्ठ २०८२, आईतवार १७:२५ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा