Play

मुक्तिनाथ केबलकार निर्माणको प्रक्रिया अगाडी बढ्दै, ८१ किमी लामो केबलकार निर्माणमा करिब ५८ अर्ब खर्च हुने,

गुरुकुल खबर


काठमाडौं,  विश्वकै लामो केबलकारको रुपमा प्रस्तावित मुक्तिनाथ केबलकार परियोजनाको लगानी तथा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत हुने भएको छ । बुधबार अपराह्न बसेको लगानी बोर्डको ६२औँ बैठकले विकासकर्ता मुक्तिनाथ दर्शन लिमिटेडले प्रस्ताव गरेको ५७ अर्ब ६४ करोड रुपैयाँ लगानीका साथै अद्यावधि गरेको डीपीआर स्वीकृति गर्ने निर्णय गरेको हो ।

मुक्तिनाथले अद्यावधिक डीपीआर २०८० पुसमा लगानी बोर्डमा बुझाइसकेको थियो । प्रस्तावित केबलकारको लम्बाइ ८१ किलोमिटर लामो हुने भएको छ । मुक्तिनाथ केबलकार बने विश्वकै सबैभन्दा लामो हुनेछ ।  यसअघि, केबलकार बनाउन ५५ अर्ब १८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । मुक्तिनाथले केबलकार परियोजनाको डीपीआर र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)  प्रतिवेदन बुझाइसकेको छ ।

लगानी र डीपीआर स्वीकृत भएपछि लगानी बोर्ड र मुक्तिनाथबीच केबलकार परियोजना अघि बढाउन आयोजना लगानी सम्झौता (पीआईए) गर्न बाटो खुल्नेछ । पीआईए भएपछि परियोजना काम अघि बढ्नेछ । काम सुरु गरेको पाँच वर्षभित्र केबलकार सञ्चालन गर्ने योजना मुक्तिनाथको छ ।

भारतको हैदरवादस्थित के एन्ड आर इन्जिनियरिङ लिमिटेडले केबलकार परियोजना बनाउनुका साथै लगानीसमेत गर्ने भएको छ । इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्रयाक्ट र लगानी (ईपीसीएफ) खाकामा केबलकार परियोजना बनाउन विकासकर्ता मुक्तिनाथ र के एन्ड आरबीच २०८० आसोज १७ मा प्रारम्भिक सम्झौता भएको थियो । पूर्ण लगानी सम्झौता हुन बाँकी छ । छ महिनाभित्र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) र डीपीआर स्वीकृत हुने गरी भारतको के एन्ड आर इन्जिनियरिङसँग प्रारम्भिक सम्झौता भएको थियो । डीपीआर र ईआईए स्वीकृतिमा ढिलाइ भएकाले के एन्ड आरको लगानी होल्ड भएको छ ।

त्यसबेला के एन्ड आरले केबलकार परियोजना बनाउनुका साथै अपरिवर्त्य मुद्रामा लगानी गर्ने विषयमा प्रारम्भिक समझदारी भएको थियो । लगानी सम्झौता हुन अझै बाँकी छ । समझदारीअनुसार, कुल रकमको ८० प्रतिशत अर्थात् ४४ अर्ब रुपैयाँ के एन्ड आर इन्जिनियरिङले लगानी गर्ने भएको छ । दुई प्रतिशत आयोजना प्रभावित स्थानीय, ७ प्रतिशत सर्वसाधारण र ११ प्रतिशत संस्थापकको स्वपुँजी लगानी हुने भएको छ ।

ईपीसीएफ मोडेलबाट बन्न लागेको मुक्तिनाथ मुलुककै पहिलो ठूलो परियोजना हो । यसअघि, १२ सय मेगावाटको बुढीगण्डकी जलाशय आयोजना पनि ईपीसीएफ खाकामा बनाउने तयारी भएको थियो । सरकारले ठूला परियोजना ईपीसीएफ मोडेलबाट बनाउने नयाँ वित्तीय खाका ल्याइसकेको छ । यद्यपि, कार्यान्वयनमा आउन सकेको छैन् ।

केबलकारमा टप टू बटम १९ वटा स्टेसन बनाउन प्रस्ताव गरिएको छ । यीमध्ये आठ स्टेसनमा अनिवार्य ओर्लिनुपर्ने व्यवस्था हुनेछ । पाँच स्टेसनमा अत्यावश्यक भएमात्र ओर्लिन पाइने र अन्य ११ स्टेसनमा बास बसेर जान पाइने कम्पनीले जनाएको छ ।

कास्की वीरेठाँटीदेखि मुक्तिनाथसम्म केबलकारमा ७७६ वटा गोन्डोला राखिने भएको छ ।  केबलकार परियोजना एक हजारदेखि तीनहजार ७०० मिटर उचाइसम्म पुग्ने बताइएको छ । प्रत्येक स्टेसनमा रिसोर्ट बनाउने भुक्तिनाथले जनाएको छ ।

विकासकर्ता मुक्तिनाथका अनुसार, केबलकारको पहिलो स्टेसन काँस्कीको वीरेठाँटी बनाउने प्रस्ताव गरिएको छ । यस्तै, दोस्रो स्टेसन वीरेठाँटीदेखि घोडेपानी १३.३१ किलोमिटर, तेस्रो घोडेपानी–तातोपानी १२.७३ किलोमिटर, चौथो तातोपानी–लेते १६.४४, पाँचौँ स्टेसन लेते–जोमसोम २३.९२ किलोमिटर, छैठौँ जोमसोम–कागबेनी ८.२४ र सातौँ स्टेसन कागबेनी–रानीपौवा मुक्तिनाथसम्म ९ किलोमिटर रहनेछ ।

वार्षिक ३६ लाखले यात्रा गर्ने अनुमान गरिएको केबलकार सञ्चालनमा १३ मेगावाट बिजुली खपत हुने बार्हखरी अनलाइनले जनाएको छ ।

१ जेष्ठ २०८२, बिहीबार १२:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा