पोखरा, पोखरामा रेष्टुरेन्ट ब्यबसाय संचालनसंगै यौन व्यवसाय समेत सञ्चालन गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा पोखराको सिर्जना चोकमा मनिका रेष्टुरेन्ट सञ्चालन गर्ने मकवानपुर वकैया गाउँपालिका वडा नं.४ स्थायी घर भएका ४० वर्षीय पदम लुङ्बा, पोखरा मालेपाटनका ५१ वर्षीय तेज नारायण तिमिल्सिना र तनुहँको व्यास नगरपालिका–५ का २१ वर्षीय सलन गुरुङ रहेका छन् ।
उक्त रेष्टुरेन्टबाट प्रहरीले पाँचजना महिलालाई उद्धार गरेको कास्की प्रहरीका सूचना अधिकारी एबम प्रहरी नायब उपरिक्षक हरिबहादुर बस्नेतले जानकारी दिएका छन ।
पक्राउ परेकाहरुविरुद्ध कास्की जिल्ला अदालतबाट मानव बेचबिखन सम्बन्धी कसुरमा छ दिनको म्याद थप गरेर अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
३१ बैशाख २०८२, बुधबार १४:०७ मा प्रकाशित