Play

यौन ब्यबसाय संचालन गरेको आरोपमा तिन पुरुष पक्राउ, पांच महिलाको उद्दार

गुरुकुल खबर


पोखरा, पोखरामा रेष्टुरेन्ट ब्यबसाय संचालनसंगै यौन व्यवसाय समेत सञ्चालन गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा पोखराको सिर्जना चोकमा मनिका रेष्टुरेन्ट सञ्चालन गर्ने मकवानपुर वकैया गाउँपालिका वडा नं.४ स्थायी घर भएका ४० वर्षीय पदम लुङ्बा, पोखरा मालेपाटनका ५१ वर्षीय तेज नारायण तिमिल्सिना र तनुहँको व्यास नगरपालिका–५ का २१ वर्षीय सलन गुरुङ रहेका छन् ।

उक्त रेष्टुरेन्टबाट प्रहरीले पाँचजना महिलालाई उद्धार गरेको कास्की प्रहरीका सूचना अधिकारी एबम प्रहरी नायब उपरिक्षक हरिबहादुर बस्नेतले जानकारी दिएका छन ।

पक्राउ परेकाहरुविरुद्ध कास्की जिल्ला अदालतबाट मानव बेचबिखन सम्बन्धी कसुरमा छ दिनको म्याद थप गरेर अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

३१ बैशाख २०८२, बुधबार १४:०७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा