Play

पोखरा कोटीहोममा शुक्रबार प्रख्यात कथाबाचकहरुको जमघट हुँदै

गुरुकुल खबर


पोखरा, पोखराको बिरौटामा आयोजित कोटीहोम बिराट महायज्ञमा शुक्रबार राष्ट्रिय एबम अन्तराष्ट्रिय कथाबाचकहरुको जमघट हुने भएको छ। महायज्ञमा अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभा, प्रसिद्ध कथा प्रवक्ता शितल कृष्ण महाराज, नेपालकै कान्छी भागवत वाचिका अनुराधा पाण्डेय, प्रख्यात वक्ता अमृत शरण देवाचार्य, चर्चित प्रवचन कर्ता सुप्रिया किशाेरी शुक्रबार महायज्ञको मन्चमा रहने महायज्का संकल्पकर्ता बालयोगेश्वर बिजय कृष्णमुर्ती महाराजले जानकारी दिए ।

अन्तराष्ट्रिय कथा बाचक देबी प्रतिभा शुक्रबार बिहान पोखरा आइपुग्ने र उनले महायज्ञमा बैशाख १८ गतेसम्म भागवत कथा बाचन गर्ने कार्यक्रम रहेको छ भने शितल कृष्ण महाराजले शुक्रबार र शनिबार प्रवचन दिने कार्यक्रम रहेको छ।

देबी प्रतिभाको स्वागतमा पोखरा अन्तराष्ट्रिय बिमानस्थलमा महायज्ञ आयोजक समिति सहित् मानव सेवा फाउन्डेसनका सदस्य र अन्य व्यक्तित्वहरुको सहभागिता रहने बताइएको छ ।

अन्य कथा बाचकहरुले पनि महायज्ञमा कथा बाचन सहित प्रवचन गर्ने र विभिन्न स्थानबाट आउने धर्मगुरुहरुले आशिर्बचन गर्ने कार्यक्रम रहेको बुझिएको छ।

देबी प्रतिभाको पोखरा आगमनले पोखरामा आउने भक्ताजन्हारुको संख्या समेत उल्लेखनीय रुपमा वृद्धि हुने बिश्वासमा आयोजकहरु रहेको छन् । शुक्रबार दिउँसो बिशेष समारोहको आयोजना गरेर देबी प्रतिभाको कथा बाचन कार्यको सुभारम्भ गरिने कार्यक्रम रहेको छ। उक्त कार्यक्रममा विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको साथै जनप्रतिनिधिहरुको समेत सहभागिता रहने भएको छ।

शुरुवातका दिनमा बिबाद जस्तो देखोएको पोखरा कोटीहोममा आम सर्बसाधारण देखि जनप्रतिनिधिहरु र विभिन्न राजनीतिक दलका कार्यकर्ता एबम समर्थकहरुको समेत उपस्थिति बढ्दै गएको छ।

५ बैशाख २०८२, शुक्रबार ०७:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा