Play

पृथ्वीराजमार्गको झ्याप्लेखोलामा पहिरो : यात्रुबाहक बस पुरिए, १४ जनाको शब निकालियो

गुरुकुल खबर


पोखरा, अविरल वर्षासंगै आएको बाढीको कारण पृथ्वी राजमार्ग अन्तर्गत काठमाडौंको चन्द्रागिरि नगरपालिका र धादिङको धुनीबेशी नगरपालिकाको सीमामा पर्ने झ्याप्ले खोलामा पआएको पहिरोले सवारी साधन पुर्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ ।

नागढुंगा – नौबिसे सडक खण्ड अन्तर्गत काठमाडौं र धादिङको सिमाक्षेत्रमा पर्ने झ्याप्ले खोलामा यात्रु बाहक बस र माइक्रोबस पुरिँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोले पुरिएको अवस्थामा लु‍‍.१ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ जना र बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिएका छन् । बसको नम्बर खुलेको छैन ।

घटनास्थलमा प्रहरी वृत थानकोटका डीएसपी सुर्यप्रसाद सुवेदी नेतृत्वको टिम र सशस्त्र प्रहरी बल नेपाल नं १८ निलबाराही गणबाट डिएसपीको कमान्डमा ३५ जनाको टोली यात्रुहरुको उद्वार र खोजीमा खटिएको बुझिएको छ ।

jyaple-(18)-1727521993.jpg

तस्बिर – सेतो पाटी

१२ आश्विन २०८१, शनिबार २१:११ मा प्रकाशित
Nabintech