Play

पोखरेली कलाकार माओत्से गुरुंगको निर्देशनमा फिल्म ‘पेन्सन पट्टा’ को निर्माण हुँदै

गुरुकुल खबर


पोखरा, पोखरामा रहेरपनि कला क्षेत्रमा राष्ट्रियस्तरमा पहिचान बनाउन सफल माओत्से गुरुङ यतिबेला अर्को नया चलचित्र निर्माणको तयारीमा छन।

डेब्यु निर्देशकीय फिल्म ‘दयारानी’ हिट भएपछि निर्देशक तथा अभिनेता माओत्से गुरुङ नयाँ प्रोजेक्टको रुपमा फिल्म ‘पेन्सनपट्टा’को घोषणा गरेका छन् ।

शीर्षक सुन्दा भूतपूर्व लाहुरेको कथा जस्तो लाग्ने भएपनि फिल्मले लोभी केटाको कथा भन्ने निर्देशक तथा निर्माता गुरुङले बताए । ‘एउटा लोभी केटा कसरी दानी बन्छ भन्ने कुरा यसमा हुनेछ,’ उनले भने ।

मंसिर पहिलो सातादेखि पोखरा आसपासमा छायांकन गरिने फिल्मका कलाकार तय छैनन् । अघिल्ला फिल्ममा दयाहाङ राईसँग सहकार्य गरेका माओत्सेले यसपटक भने दयाहाङसँग सहकार्यबारे निधो भइनसकेको बताए ।

फिल्म निर्माताको तर्फबाट डीबी गुरुङले चाँडै कलाकार तय हुने जनाए । यसपटक माओत्सेले आफ्नै फिल्म निर्माता कम्पनी माओत्से गुरुङ फिल्मको ब्यानरमा निर्माण गर्न लागेका हुन् ।

माओत्से पछिल्लो समय घरेलु फिल्मका चर्चित अभिनेता समेत हुन् । उनले ७ गुरुङ फिल्म समेत निर्देशन गर्दैछन् ।

 

३० जेष्ठ २०८१, बुधबार ०७:३४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा