Play

पोखरा-२६ मा ४५ दिने व्यूटिसियन तालिम सम्पन्न, ४५ जना लाभान्वित

गुरुकुल खबर


पोखरा महानगरपालिका वडा नं. २६ ले संचालन गरेको व्यूटिसियन सम्वन्धी तालिम मंगलबार सम्पन्न भएको छ ।

तालिमको समापनका अबसरमा बोल्दै पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाले शिप र ज्ञानलाई व्यवसायिक रुपमा प्रयोगमा ल्याउन आग्रह गरे ।

वडाध्यक्ष थापाले महिला दिदी बहिनीहरुकै माग अनुसार सौन्दर्य सम्वन्धी तालिम प्रदान गरिएको स्पष्ट पार्दै, तालिम पश्चात व्यवसाय संचालन गरे वडाले थप सहयोग गर्ने उल्लेख गरे । अध्यक्ष थापाले लक्षित समूहको बजेटबाट महिलाहरुका लागि उपयोगी हुने विभिन्न तालिम प्रदान गरिएको जानकारी दिए  ।

विद्यार्थीहरुका लागि पढ्दै, कमाउँदै कार्यक्रम अन्तर्गत बाह्र कक्षामा अध्ययनरत ११ जना छात्राहरुलाई बालविकास सम्वन्धी तालिम दिएर प्रशिक्षार्थीका रुपमा विभिन्न विद्यालयमा पठाईएको बताए । आगामी बर्षको बजेटमा वडाले शिपविकास, कृषि, शिक्षा र स्वास्थ्यमा थप प्रभावकारी काम गर्न विशेष बजेट विनयोजन गर्ने स्पष्ट पारे ।

पोखरा महानगरपालिका वडा नं. २६ का वडा महिला सदस्य लक्ष्मी देवी भट्टराईको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा वडा सदस्य सुजता बराल सुनार, वडा सचिव लिलामणि भण्डारी, वडाका सूचना अधिकारी नवराज सापकोटा, कृषि सञ्जालका अध्यक्ष केशवराज ढुंगाना, प्रशिक्षक रुपकला श्रेष्ठ, प्रशिक्षार्थी दिब्या बराल र मुना सापकोटाले आफ्ना धारणा राखेका थिए ।

४५ दिनसम्म संचालन भएको तालिममा विभिन्न महिला तथा आमा समूहका ४५ जनाको सहभागिता रहेको थियो । तालिम रुपकला व्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टरले व्यवस्थापन गरेको थियो।

९ जेष्ठ २०८१, बुधबार १२:३९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा