Play

प्रधानमन्त्री प्रचण्डद्वारा बुढीगण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालय उद्घाटन

गुरुकुल खबर


पोखरा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरेका छन् । गोरखा जिल्लाको सिरुङ्टारमो १२ सय मेगावाट क्षमताको जलविद्युत आयोजनाको कार्यालय उद्घाटन गरिएको हो ।

यो उद्घाटनले बहुचर्चित यो आयोजनाको निर्माण सुरु हुने आसा बढेको छ । गोरखा र धादिंग जिल्लाको बीचबाट बग्ने बुढीगण्डकी नदीमा ८० मिटर अग्लो ड्याम बन्ने र पावर हाउस गोरखा जिल्लामा रहने योजना रहेको छ । उक्त ड्याम ६३ किलोमिटर क्षेत्रफलमा फैलिने छ । यस्तै ड्याम बनेपछि पानी भरिन करिब डेढ वर्ष लाग्ने सुनाइएको छ । सरकारले आयोजनालाई अगाडि बढाउन भन्दै यही साता काठमाडौँमा केन्द्रीय कार्यालय समेत स्थापना गरिसकेको छ ।

तीन खर्ब ६० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाबाट वार्षिक तीन अर्ब ३८ करोड ३० लाख युनिट विजुली उत्पादन हुने छ । आठ वर्षमा अयोजना सम्पन्न गर्ने लक्ष्य हो ।

बुढिगण्डकी जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा जगत श्रेष्ठ नियुक्त भएका छन् । कम्पनी खुलेर केन्द्रीय र स्थानीय कार्यालय खुले पनि आयोजनाका लागि चाहिने लगानी रकम भने टुङ्गो लागेको छैन । आयोजना बनाउने लक्ष्यसहित हालसम्म करिब ४२ अर्ब खर्च भैसकेको छ । यस्तै, सरकारले बुढिगण्डकीका लागि भन्दै पेट्रोलियम पदार्थबाट प्रतिलिटर १० रुपैयाँका दरले ७२ अर्बभन्दा बढी सङ्कलन गरिसकेको छ ।

अहिले भने सरकारले पूर्वाधार विकास शुल्कका नाममा उक्त रकम उठाउँदै आएको छ । यो आयोजनाको निर्माण कार्य अघि बढेकाले राष्ट्रिय गौरवको आयोजना छिट्टै अघि बढ्ने कम्पनीका प्रमुख सुनाए ।

३ श्रावण २०८०, बुधबार १५:०६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा