Play

सवारी चालक अनुमतिपत्रको नवीकरण अब अनलाइनबाटै

गुरुकुल खबर


पोखरा, अबबाट सवारी चालक अनुमतिपत्रको नवीकरण अनलाइन प्रणालीबाट नै गर्न सकिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र गण्डकी प्रदेशका यातायात व्यवस्था तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले यो सेवाको औपचारिक सुरुवात गरेका हुन् ।

भर्चुअल विधिबाट बुधबार उनीहरुले संयुक्त रुपमा लाइसेन्सको अनलाइन नवीकरण प्रणालीको उद्घाटन गरे । पहिलो चरणमा गण्डकी प्रदेशबाट उक्त सुविधा सुरु भएको हो । यातायात व्यवस्था कार्यालयबाट हुने सम्पूर्ण कार्यलाई आगामी दिनमा अनलाइन प्रणालीबाट गर्ने व्यवस्था मन्त्रालयले गर्न लागेको हो । सबै प्रदेशमा एक महिनाभित्र उक्त सेवा विस्तार गरिने मन्त्रालयले उल्लेख गरेको छ ।

लाइसेन्स नवीकरण गर्दा तिर्नुपर्ने शुल्क पनि अनलाइनबाट नै चुक्ता गर्न सकिने जनाइएको छ । सुरुमा लाइसेन्स लिँदा बायोमेट्रिक गर्न कार्यालय जानु परे पनि नविकरणका लागि भने अनलाइबाटै सेवा लिन सकिन्छ । यस्तो सेवासँगै बिचौलिया र लाइन बस्नुपर्ने झन्झटको अन्त्य हुने गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले जानकारी दिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्रको नवीकरण, वर्ग थप, पहिले आवेदन गरेका तर सफल हुन नसकेकाले पुनः आवेदन विद्युतीय माध्यमबाट गरिने मन्त्री प्रकाश ज्वालाल बताए ।

भोलिका दिनमा भने सुरुमा लाइसेन्स लिन पनि सबै अनलाइन प्रणालीबाट सम्भव गराउने र ट्रायल दिनमात्रै गए हुने व्यवस्था गर्न लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिए । नेपालमा झण्डै ३३ लाख ६० हजारले चालक अनुमतिपत्र लिएका छन् । लाइसेन्स नवीकरण पनि पाँच-पाँच वर्षमा नभई १० वर्ष गर्ने व्यवस्था हुन लागेको जनाइएको छ ।

२१ असार २०८०, बिहीबार १४:१३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा