Play

तनहुँमा कांग्रेसको कोइराला समुहको जिल्ला अधिबेशन तयारी समिति घोषणा

गुरुकुल खबर


दमौली, तनहुँ जिल्लामा नेपाली कांग्रेसको शशांक कोइराला संयोजकत्वको केन्द्रीय महाधिबेशन तयारी समिति अन्तर्गतको जिल्ला धिबेष्ण तयारी समिति गठन गरिएको छ । दमौलीमा एक भेला आयोजना गरेर तयारी समिति घोषणा गरिएको हो । प्रा.डा कृष्णप्रसाद गौतमको संयोजक रहेको नबगठित जिल्ला अधिबेशन तयारी समितिले अब जिल्लामा अधिबेशनको लागि आबश्यक प्रक्रिया अगाडी बढाउने भएको छ।

सहसंयोजकमा डम्बरबहादुर अधिकारी र कमलभक्त पोखरेल रहेका छन। यसैगरी सचिव माधव खनाल र समितिको सदस्यहरुमा भिमकुमार श्रेष्ठ, राजेन्द्रप्रसाद घिमिरे, मथुराकृष्ण श्रेष्ठ, शेरजङग गुरुङ, नरनाथ काफ्ले, राजु खड्का, रघुबहादुर केसी, रामदेव पन्थ, लक्ष्मण मल्ल, लेखनाथ तिवारी, इन्द्रबहादुर दरै, शोभा कोइराला, एन जे. अली, पूर्णबहादुर थापा , अमित थापा, जयन्ती अधिकारी, रविन्द्र आले रहेका छन यसैगरी अन्य सदस्यहरुमा रामबहादुर बयलकोटी, पञ्चबहादुर गुरुङ, क्या. रेशमबहादुर गुरुङ, मंगल गुरुङ, परशुराम ढुंगाना, उमा सुनार र राम विश्वकर्मालाई राखिएको छ ।

भेलाको उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी मूलधारको कांग्रेस शेरबहादुर देउवा नेतृत्वको कांग्रेस भएको हुँदा मूलधारमा समेटिन सबैलाई आग्रह गरे। अदालतले १४ औैं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवाको नेतृत्वलाई नै बैधानिकता दिनेमा आफू विश्वस्त रहेको भण्डारीको भनाई रहेको थियो । कांग्रेस विषम परिस्थितीमा रहेको हुँदा पार्टीका नेता तथा कार्यकर्तालाई सजग रहन समेत उनले आग्रह गरे ।

संयोजक प्राडा. कृष्णप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथीहरु कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य पुष्प पराजुली, केन्द्रीय प्रतिनिधि मणिभद्र शर्मा, पूर्व आमन्त्रित केन्द्रीय सदस्य बलबहादुर आले, नेत्री यमुना खड्का विश्वकर्मा, जिल्ला सदस्य डम्बर अधिकारी, निर्वाचन संयोजक शिवराज काफ्ले र शिक्षक संघ तनहुँका पूर्व अध्यक्ष कमलभक्त पोखरेल लगायतले आआफ्नो भनाई राखेका थिए ।

१४ आश्विन २०८३, बुधबार ११:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा