Play

पोखरा पर्यटन परिषद: कृष्ण भण्डारीलाई पराजित गर्दै हरि भुजेल अध्यक्षमा बिजयी

गुरुकुल खबर


पोखरा, पोखरा पर्यटन परिषदको नयाँ अध्यक्षमा टानका पूर्व अध्यक्ष हरि भुजेल निर्वाचित भएका छन्। परिषदको २६ औं साधारण सभा तथा १४ औं अधिवेशनले भुजेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। भुजेलले आफ्ना प्रतिद्वन्द्वी कृष्ण भण्डारीलाई १४ मतान्तरले पराजित गरेका थिए ।

कुल ३९ प्रतिनिधि रहेको पोखरा पर्यटन परिषदको चुनाबमा भुजेलले २५ मत प्राप्त गर्दा भण्डारीले ११ मत मात्र पाएका थिए मतदान गरेका ३ जनाको मत बदर भएको थियो। नवनिर्वाचित अध्यक्ष भुजेल टान पोखराका पूर्व अध्यक्ष समेत हुन् ।

अधिवेशनले परिषदको सदस्यहरूमा बाबुराम पाण्डे, सुनिलबहादुर भट्टराई, शोभा अधिकारी सापकोटा, जीवनराज सापकोटा र नारायणप्रसाद सुवेदी गरी ५ जनालाई सर्वसम्मत रूपमा चयन गरेको छ।  नयाँ कार्यसमितिले परिषद्को प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पदमा पछि मनोनयन गर्ने जनाइएको छ।

यसअघि नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले अधिबेशनको उद्घाटन गरेका थिए त्यस अबसरमा बोल्दै पोखरेलले पोखराको दिगो तथा गुणस्तरीय पर्यटन विकासका लागि सरकार गम्भीर रूपमा अघि बढिरहेको बताए।

पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीको अध्यक्षतामा सम्पन्न साधारण सभामा महासचिव जीवनराज सापकोटाद्वारा प्रस्तुत गरिएको सांगठनिक र कोषाध्यक्ष बाबुराम पाण्डेद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनमाथि छलफल गर्दै दुवै प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको थियो।

१८ भाद्र २०८३, बिहीबार ०९:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा