Play

गोरखापत्र संस्थानका पुर्व महाप्रबन्धक एबम अग्रज पत्रकार बसन्त प्रकाश उपाध्यायको निधन

गुरुकुल खबर


तनहुँ, गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक एबम गोरखापत्र दैनिकका पुर्व सम्पादक बसन्तप्रकाश उपाध्यायको निधन भएको छ । पर्साको वीरगन्ज महानगरपालिका–४ गहवामाई मन्दिर अगाडीको चौतारोमा उनी अचेत अवस्थामा भेटिएका उनलाई स्थानीय बासिन्दाले स्थानीय स्वास्थ्य संस्थामा पुर्याएका थिए । उक्त स्थानमा प्रारम्भिक उपचार हुँदै गर्दा उनको बारेमा पहिचान खुल्दै गएपछि थप उपचारका लागी नारायणी अस्पताल वीरगन्जमा पुर्याईएको थियो।

तनहुँ जिल्लाको भानु नगरपालिका –१ भन्सारपुल घर भएका ५५ वर्षीय उपाध्यायलाई अचेत अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेको र त्यसपछि मात्र उनी अर्धचेत अबस्थामा भेटिएको थाहा लागेको थियो । घटनाको बारेमा प्रहरीले खबर पाएपछि वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले उपाध्यायलाई उद्धार गरी थप उपचारका लागी नारायणी अस्पताल वीरगन्जमा पुर्याएको थियो। काठमाडौँमा बस्दै आएका उपाध्याय केहि दिन अगाडी बार र पर्सा जिल्लामा आंफ्नो ब्यबहार मिलाउन गएको बताइन्छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार उनलाई अचेत अवस्थामै अस्पताल पुर्याईएको र अस्पतालमा चिकित्सकले उपाध्यायको निधन भइसकेको बताएका थिए । लामो समय गोरखापत्र संस्थानका प्रकाशनहरुमा बिभिन्न जिम्मेवारी लिएर काम गरेका उपाध्याय जागिरे जिबनको अन्त्यतिर सोही संस्थानको महाप्रबन्धकमा नियुक्त भएर काम गरेका थिए ।

उनि संस्थानको महाप्रबन्धकको रुपमा कार्यरत रहेको समयमा भएका केहि निर्णयका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत मुद्दा चलाइएको जस्ता बिभिन्न कारणले उनि पछिल्लो समय आर्थिक एबम मानसिक तनावमा रहेको बताइन्छ। नेपाल प्रेस युनियनमा लामो समय सक्रिय उपाध्याय राम्रो लेखनशैली भएका पत्रकार एबम साहित्यकारको रुपमा समेत चिनिन्थे ।

१८ भाद्र २०८३, बिहीबार ००:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा