पोखरा, पोखराका उधोगी ब्यबसायीहरुको छाता संस्था पोखरा उधोग बाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा उमेदवारी दिएका दिनेशचन्द्र बाँस्तोलाले आंफुले प्राप्त गरेको अनुभवलाई परिणाममा र हालसम्म ब्यबसायीबाट प्राप्त विश्वासलाई जिम्मेवारीमा रुपान्तरण गर्ने लक्षका साथ अगाडी बढेको बताएका छन। पोउबासंघको बिभिन्न जिम्मेवारीमा रहेर हालसम्म चार कार्यकाल काम गरेका बाँस्तोला पोखराका स्थानीय बासिन्दा समेत हुन।
हालसम्म बाँस्तोलाले पोउबासंघको कार्यसमितिको सदस्यमा दुई कार्यकाल, कोषाध्यक्षमा एक कार्यकाल र उधोग तर्फको उपाध्यक्षमा एक कार्यकाल बिताएका छन। बर्तमान कार्यसमितिमा रहेका पदाधिकारी एबम सदस्यहरुको बिचमा बाँस्तोलाले बरिष्ठ उपाध्यक्ष पदमा उमेदवारी दिने बिषयमा सबैजसोको एकमत नै रहेको कारण उनि निर्बिरोध होलान वा उनको प्रतिद्वन्दी बन्न को आउला ? भन्ने चर्चा चलिरहेपनि उमेदवारी दर्ता प्रक्रिया हुने अन्तिम दिनमा बाँस्तोलाको प्रतिद्वन्दीको रुपमा अर्थात बरिष्ठ उपाध्यक्षमा ब्यबसायी टिकाराम सुबेदीले पनि उमेदवारी दिने कुरा सार्बजनिक भएको थियो।
हुन त, सुबेदी पनि संघको कार्यसमितिमा एक कार्यकाल सदस्य रहेर काम गरिसकेका व्यक्ति हुन। तर, कार्यसमितिको अन्य कुनै पदमा रहेर काम नगरेको अबस्थामा एकैपटक बरिष्ठ उपाध्यक्षमा सुबेदीको उमेदवारी परेको छ। बाँस्तोलाले चार कार्यकाल संस्थामा रहेर प्राप्त गरेको अनुभवलाई बरिष्ठ उपाध्यक्ष बनेर संस्थाकै हितमा लगाउने प्रतिबद्दता व्यक्त गरेको छन ।
‘पोखरा क्षेत्रका ब्यबसायीहरुले भोग्नुपरेका समस्या र चुनौतीको बारेमा मैले राम्रोसंग बुझ्ने मौका पाएको छु। सरकारका बिभिन्न निकाय वा कार्यालयले ब्यबसायीहरुलाई मनोबैज्ञानिक रुपमा तर्साउने र बिभिन्न खाले दवाब र प्रभावमा पार्ने गरेका घटना धेरै ब्यबसायीले भोग्नुपरेको छ। यस्ता बिषयमा आगामी दिनमा व्यवसायीको पक्षमा खरो रुपमा उत्रिने प्रतिबद्दता मैले ब्यक्त गरेको छु।’ बाँस्तोलाले भने ।
यसबाहेक पोउबासंघ पोखराको जेठो सामाजिक संस्था पनि हो। पोखरा बिश्वबिधालयको स्थापना, पोखरा बिमानस्थलको निर्माण सहित पोखरामा बिभिन्न शिक्षण संस्थाको स्थापनामा संघको महत्वपुर्ण भूमिका रहेको छ शिक्षा, स्वास्थ्य र पर्यटनको माध्यमबाट समग्र पोखराको बिकास गर्न सकिन्छ भन्ने अग्रजहरुको अबधारणालाई आत्मसात गर्दै बदलिँदो समय र परिस्थितिअनुसार नै संघको संस्थागत बिकास, सदस्यहरुको बर्गीय हित र समग्र पोखराको बिकासको निम्ति आबश्यक एड्भोकेसी गर्ने र आबश्यकत परेमा सम्बन्धित निकायमा दवाब दिने कामलाई अब बन्ने कार्यसमितिले निरन्तरता दिनेछ ।
‘यसअगाडी उपाध्यक्ष वा कोषाध्यक्ष रहंदा संस्थामा नेतृत्वदायी भूमिका निर्बाह गरौँ भन्दा पनि पदीय मर्यादाले समेत केहि अप्ठेरो हुन्थ्यो, तर बरिष्ठ उपाध्यक्षको जिम्मेवारी भनेको अध्यक्षको अनुपस्थितिमा संस्थाको महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने र आबश्यकता परेमा संस्थाको हितमा उपयुक्त निर्णय लिने पद हो’ बाँस्तोलाले भने ‘तसर्थ अबका दिनमा मैले आंफ्नो पदीय जिम्मेवारी हिजोको भन्दा प्रभावकारी बनाउनुपर्ने अनि संस्था र सदस्य व्यवसायीको हितमा रचनात्मक काम गर्नुपर्ने हुन्छ।’
हुन त, बाँस्तोलाले पोखराका अन्य केहि सामाजिक र ब्यबसायिक संस्थामा नेतृत्व पनि गरिसकेका छन । उनि मुद्रण ब्यबसायीहरुको संस्था मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष समेत हुन। बाँस्तोलाले लायन्स क्लब अफ पोखरा फेवा लेकसिटीको अध्यक्ष र रोटरी क्लब अफ पोखरा न्यूरोडको अध्यक्षका रूपमा नेतृत्व गरिसकेका छन्। यसरी पोखरास्थित बिभिन्न ब्यबसायिक र सामाजिक संस्थाको नेतृत्वमा रहेर तथा पोउबासंघको कार्यसमितिको बिभिन्न पदमा रहेर उनले प्राप्त गरेको अनुभवलाई बरिष्ठ उपाध्यक्षमा पुगेपछि प्रभावकारी ढंगले निर्बाह गर्नु जरुरी छ ।
यसै सन्दर्भमा बांस्स्तोलाले गुरुकुल खबरसंग भने ‘मैले आंफ्नो अनुभवलाई परिणाममा उतार्न र आम ब्यबसायी तथा मतदाताको विश्वासलाई जिम्मेवारीमा रूपान्तरण गर्न आबश्यक संकल्पसहितको प्रतिबद्दता व्यक्त गरेको छु, मेरो बिश्वास र प्रतिबद्दतालाई आधार बनाएर सदस्य ब्यबसायीहरुले मतदान गर्नुहुनेछ भन्ने बिश्वास पनि लिएको छु ।’
















