Play

विनासकारी बाढीपछि नेपालमा अन्तराष्ट्रिय समुदायको आर्थिक र मानवीय सहयोग बढ्दो

गुरुकुल खबर


पोखरा, रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीपछि अन्तर्राष्ट्रिय समुदायबाट आर्थिक तथा मानवीय सहयोग प्राप्त हुने क्रम बढिरहेको छ । जसअनुसार एसियाली विकास बैंक (एडीबी) बाट बजेटरी सहयोगस्वरूप ५ मिलियन अमेरिकी डलर अनुदान उपलब्ध गराउने प्रतिबद्धता आएको छ ।

त्यस्तै, विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण कर्जा, अमेरिकी सरकारबाट ५ लाख अमेरिकी डलर र अष्ट्रेलिया सरकारबाट १ मिलियन अमेरिकी डलर नगद सहयोग उपलब्ध गराउने प्रतिबद्धता आएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

एडीबीले प्राविधिक सहायताका लागि थप १ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । मानवीय सहायतातर्फ भारत सरकारबाट हालसम्म चार चरणमा गरी कुल ६८.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको साथै चीन र अमेरिकाबाट पनि सोही प्रकृतिको सहायता आउने क्रममा रहेको उनले जानकारी दिएका छन् ।

बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक तथा पुलको पुनःस्थापनाका लागि समेत अन्तर्राष्ट्रिय सहयोग प्राप्त भइरहेको छ । चीनसँग ३० वटा बेलीब्रिज सहयोग माग गरिएको छ भने भारतले आइतबार २३० फिट लामो सिंगल लेन मोडुलर स्टिल ब्रिज पठाएको छ । भारतले थप सात वटा बेलीब्रिज पठाउने प्रतिबद्धता जनाएको पनि बुझिएको छ।

त्यस्तै, स्विट्जरल्यान्डबाट संयुक्त राष्ट्रसङ्घमार्फत खर्च हुने गरी १ मिलियन स्विस फ्र्याङ्क सहयोग प्राप्त भएको प्रधानमन्त्री शाहले बताएका छन्।विपदबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोगले सरकारको प्रयासमा थप बल पुगेको उनको भनाइ छ।

१५ भाद्र २०८३, सोमबार ०६:५५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा