Play

अधिकारकर्मी एबम बाम बुद्दिजिबी टेकनाथ बरालको स्मृति दिवस: पुर्व उपप्रधानमन्त्री शेरचन पुरस्कृत

गुरुकुल खबर


पोखरा, मानवअधिकारको क्षेत्रमा क्रियाशील व्यक्तित्व एबम बाम बुद्दिजिबी टेकनाथ बरालको तेस्रो स्मृति दिवस पोखरामा बिशेष कार्यक्रमका साथ मनाइयो बरालका समवयी, आफन्त, शुभेच्छुकहरू समेतको उपस्थितिमा टेकनाथ बराल अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रममा उनका सहयात्री अमिक शेरचनलाई टेकनाथ स्मृति पुरस्कार प्रदान गरियो ।

मार्क्सवादी चिन्तकसमेत रहेका नेकपा मसालका महासचिव मोहनविक्रम सिंह र केन्द्रका अध्यक्षसमेत रहेका बरालका छोरा विद्याविमलले शेरचनलाई नगद ५० हजार रुपैया र सम्मानपत्रसहित सम्मान गरेका थिए । कार्यक्रममा मार्क्सबादी चिन्तक सिंहले कम्युनिस्ट आन्दोलनमा अहिले गम्भीर संकट पैदा भएको जनाउँदै कुनै प्रहारले पनि नढल्ने योद्धाका रुपमा टेकनाथलाई चिनाए ।

‘अहिले संसारमा आएको साम्राज्यवादी, पुँजीवादी चिन्तनले धेरैलाई बगाउँदै आएको छ,’ उनले भने, ‘त्यसले पनि बगाउन नसक्ने एक योद्धा हुनुहुन्थ्यो बरालजी ।’ उनले कम्युनिस्ट आन्दोलनको भविष्य उज्ज्वल देखिरहेको सुनाउँदै बाँकी जीवन पनि मार्क्सबादी दर्शनकै अध्ययनमा लगाउने उल्लेख गरे । ९२ बर्षीय सिंहले मार्क्सबादले मात्र अहिलेका समस्याको समाधान दिने दाबी गरे । ‘मार्क्सबादले मात्रै अहिले देशलाई बचाउन सक्छ, तर त्यसका लागि ठूलो बलिदानी र लामो समय लाग्न सक्छ,’ उनले भने ।

पूर्वउपप्रधानमन्त्री एवं पूर्व प्रदेश प्रमुख अमिक शेरचनले टेकनाथसँग लामो समय सहकार्य भएको स्मरण गरे । २०२१ सालमा बनारसमा पहिलोपटक भेट भएको सुनाउँदै शेरचनले महाकाली सन्धिपछि बरालमा अहिलेका कम्युनिस्टप्रतिको मोह भंग भएको सुनाए । ‘उहाँसँग आन्तरिक र भावनात्मक सम्बन्ध रह्यो मेरो । महाकाली सन्धिपछि उहाँको मन नराम्ररी कुँडियो,’ शेरचनले भने, ‘उहाँ राजनीतिभन्दा पनि त्यसपछि मानवअधिकारको क्षेत्रम पुग्नु भयो ।

पाका कम्युनिस्ट नेता शेरचनले अहिलेको सरकार र यसका नेतृत्वमा रहेकाहरुले देशलाई समाधान दिन नसक्ने दाबीसमेत गरे । ‘अहिलेका केटाहरुले काम गर्ने देख्दिनँ, अब पनि नौलो जनवादी क्रान्तिबिना गन्तव्यमा पुगिँदैन,’ उनले भने ।

कार्यक्रममा टेकनाथ बरालको जीवन, उनीसँगका सम्झना र सम्झनाहरु समेटिएको ‘टेकनाथ बराल स्मृति ग्रन्थ’ समेत सार्वजनिक गरियो । टेकनाथ बराल अध्ययन केन्द्रले प्रकाशन गरेको यो ग्रन्थ ४२६ पृष्ठको छ ।

केन्द्रका अध्यक्ष विद्याविमल बरालको अध्यक्षतामा भएको कार्यक्रममा वाम बुद्धिजीवीहरू त्रिलोचन ढकाल, रामराज रेग्मी, रघुनाथ अधिकारी र शेषमणि आचार्य, टेकनाथकी छोरी प्रभा बराल, स्मृतिग्रन्थका सम्पादक डा कृष्णराज अधिकारी, भीम रानाभाट, नारायण मरासिनी लगायतले आआफ्नो भनाई राखेका थिए ।

१४ भाद्र २०८३, आईतवार २१:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा