Play

नाट्टा गण्डकीको अध्यक्षमा दुई महिलाबिच प्रतिष्पर्धा: ४४ मतको अन्तरले संगीताको जीत, कसको मत कति?

गुरुकुल खबर


पोखरा, टुर्स र ट्राभल एजेन्सीका संचालकहरुको संस्था नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेश समितिको बुधबार पोखरामा सम्पन्न ३१ औं साधारण सभा तथा १४ औं अधिवेशनले समितिको नयाँ कार्यसमिति निर्बाचित गरेको छ। नयाँ कार्यसमितिको अध्यक्षमा संगीता पौडेल निर्बाचित भएकी छन। समितिको अध्यक्ष पदका लागि संगीता पौडेल र कमला गिरीको बिचमा प्रतिष्पर्धा भएकोमा भारी मतका साथ पौडेलले बिजय प्राप्त गरेकी हुन।

अध्यक्षका उम्मेदवार गिरी र पौडेल यसअघिका पनि प्रतिष्पर्धी हुन। नाट्टा गण्डकीको १३औँ अधिवेशनमा पनि पौडेल र गिरिले प्रथम उपाध्यक्ष पदमा प्रतिस्पर्धा गरेकोमा पौडेलले नै बिजय प्राप्त गरेकी थिईन। यसपटक अर्थात १४ औं अधिबेशनमा पनि पौडेल र गिरिको बीच प्रतिष्पर्धा हुँदा पौडेलले ४४ मतले गिरीलाई पछाडी पारिन। पौडेलले ९३ मत पाएकोमा गिरीले ४९ मतमा नै चित्त बुझाउनुपर्यो ।

अध्यक्षमा निर्बाचित संगीता पौडेलले २०६३ सालदेखि संस्थाको बिभिन्न जिम्मेवारीमा रहेर काम गरेकी छन । उनि २०६३ मा कार्यसमितिको सदस्य रहेकोमा तिन कार्यकालसम्म सदस्य, दुई कार्यकाल सचिब, एक कार्यकाल सल्लाहकार, एक कार्यकाल महासचिब र यस अघिल्लो कार्यकालमा प्रथम उपाध्यक्षको जिम्मेवारीमा थिईन। निरन्तरको सक्रियता र सस्थाका सदस्यहरुको विश्वासले उनि अध्यक्ष पदमा निर्बाचित हुन सफल भएकी छन ।

पौडेलसंग पोखरा महिला जेसिज एबम नेपाल जेसिज लगायतका संस्थाको बिभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभव छ । उनको स्वामित्वमा नेपाल टिका ट्राभल्स र टिका रिसोर्ट लगायत बिभिन्न ब्यबसायिक प्रतिष्ठानहरु संचालनमा छन। उनि लामो समयदेखि पोखरामा रहेर होटल एबम हस्पिट्यालिटि व्यवसायमा निरन्तर सक्रिय छन ।

नाट्टा गण्डकी प्रदेश समितिको प्रथम उपाध्यक्ष पदमा चेतबहादुर कार्की र राजेश पहारीबीच प्रतिस्पर्धा भएकोमा पहारी बिजयी भए । पहारीले ८० मत पाउँदा कार्कीले ६६ मत मात्र पाएका थिए। कार्की यस अगाडीको समितिमा महासचिबको जिम्मेवारीमा थिए। तर, द्वितीय उपाध्यक्षमा भने विश्वराज आचार्य निर्बिरोध निर्बाचित भएका थिए।

त्यसैगरी, महासचिव पदमा ताराप्रसाद गौतम र नवराज भण्डारीबिचको प्रतिष्पर्धामा ताराप्रसाद गौतमले ८५ मत पाएर विजय भए । उनका प्रतिद्वन्दी नबराज भण्डारीले ५९ मत मात्र पाएका थिए। यसैगरी सचिवमा प्रतीक लामिछाने र सुवास पहारीबिचको प्रतिष्पर्धामा सुभाष पहारीले ८४ मत पाएर चुनाब जित्दा प्रतिक लामिछानेले ६२ मतमात्र पाएर पराजित हुन पुगे।

कोषाध्यक्ष पदमा पनि छवि रमण पौडेल र सन्दिप श्रेष्ठको बिचमा प्रतिष्पर्धा भएको थियो । उक्त प्रतिष्पर्धामा छविरमण पौडेलले श्रेष्ठको भन्दा २ मत मात्र बढी पाएर चुनाब जितेका हुन पौडेलले ७४ मत पाएर बिजयी हुँदा श्रेष्ठले ७२ मत पाएका थिए। सह कोषाध्यक्ष पदमा पदमराज आचार्यले ८७ मत पाएर बिजयी हुँदा उनका प्रतिष्पर्धी तुलबहादुर गुरुङले ५५ मत मात्र प्राप्त गरेका थिए ।

कार्यसमितिको पांच जना सदस्यहरु भने निर्बिरोध निर्बाचित भएका थिए । जस अनुसार सदस्य पदमा अशोक कुमार क्षेत्री, मिलन ढकाल, विकास निरौला, रामचन्द्र घिमिरे र सोमनाथ अधिकारी निर्बिरोध भएको नबनिर्बाचित महासचिब ताराप्रसाद गौतमले गुरुकुल खबरलाई जानकारी दिए ।

यसैबीच, अध्यक्षमा निर्बाचित भएपछी गुरुकुल खबरसंग कुरा गर्दै पौडेलले पर्यटकीय राजधानी पोखराको प्रबर्द्दनमा सक्रिय रहने बताइन। उनले पोखरामा पर्यटक बसपार्कको प्रभावकारी ब्यबस्थापनमा नाट्टाले अपनत्व लिन पहल गर्ने एबम पोखरा विमानस्थलबाट अन्तराष्ट्रिय उडानमा नियमितता सहित नेपालका अन्य शहरमा समेत उडान हुने व्यबस्थाको लागिपहल गर्ने बताइन। पौडेलले पोखराको अन्तराष्ट्रिय स्तरमा प्रबर्द्दन गर्नको लागि पर्यटक मेला, पर्यटक प्रदर्शनी जस्ता कार्यक्रम संचालन गरिने समेत स्पष्ट पारिन।

१० भाद्र २०८३, बुधबार २२:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा