पोखरा, लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीले पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ४३ युनिट रगत संकलन भएको छ । क्लबले आफ्नो १५ औं स्थापना दिवसको अबसर पारेर आयोजना गरेको उक्त रक्तदान कार्यक्रमको शुभारम्भ पोखरा महानगरपालिका -८ का वडाध्यक्ष रुद्रनाथ बरालले गरेका थिए ।
न्यूरोड चौतारी लायन्स क्लबका अध्यक्ष राजेश श्रेष्ठका अनुसार वडाध्यक्ष बरालले पहिलो रक्तदाता एवं क्लवका पूर्व अध्यक्ष पवित्रमणी पोखरेललाई ब्लडब्याग हस्तान्तरण गरेर कार्यक्रम शुभारम्भ गरिएको थियो। त्यस अबसरमा बोल्दै अध्यक्ष बरालले मानब जीवन रक्षाका लागि आवस्यक पर्ने रगत सहज रुपमा उपलब्ध गराउन लायन्स क्लवहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
कार्यक्रममा नेपाल बैंक लिमिटेडका गण्डकी प्रदेश प्रमुख श्रीप्रसाद शिवाकोटी, पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेल, लायन्स अन्तराष्ट्रिय डष्ट्रिकि ३२र५ जे का जोन चेयरपर्सन आनन्द रानामगर, लेकसाइड मदिरा ब्यबसायी समितिका अध्यक्ष दुर्गादत्त गौतम, नेपाल रेडक्रस सोसाइटी पोखरा प्रादेशिक रक्तसञ्चार केन्द्रका प्राविधिक प्रमुख महेन्द्र केसी लगायतले आआँफ्नो भनाई राखेका थिए ।

गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख सञ्जय सिंह थापा, ए वान ग्रेटर नेपालका उपाध्यक्ष देवीराम पाण्डे, लायन्स क्लब अफ पोखरा आरम्भ चौतारीका अध्यक्ष कमला क्षेत्रीको साथै क्लवका पूर्व अध्यक्षहरु समेतको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष राजेश श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा न्यूरोड चौतारी लायन्सका प्रथम उपाध्यक्ष बेदप्रसाद अधिकारी, क्लवका द्धितिय उपाध्यक्ष हरि पन्थी, क्लबका सचिब दिनेश तुलाधर लगायतले पनि क्एलबका गतिबिधिबारेमा चर्चा गरेका थिए । सन २०१२ मा स्थापना भएको क्लवले समाजमा स्वास्थ्य, शिक्षा, बातावरण संरक्षण र दैबी बिपत्ति लगायतका क्षेत्रमा काम गर्दै आएको जनाएको छ।















