पोखरा, पोखरा महानगरपालिका वडा नं.५ बरालचोकमा जुवातास खेल्दै गरेको अबस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा जुवातास खेल्ने र खेलाउने ६ जनालाई ५६ हजार ८ सय ३० रुपैयाँसहित नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ।
उनीहरुबाट ५२ पत्ती तास पनि बरामद गरिएको र हाल जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसूरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ।















