Play

गाउँ पर्यटन प्रबर्द्दन मञ्च (भिटोफ) गण्डकीमा अर्यालको नेतृत्वमा नयाँ समिति, राससका पौडेललाई सम्मान

गुरुकुल खबर


पोखरा, गाउँ पर्यटन प्रबर्द्दन मञ्च गण्डकी प्रदेशको पाँचौं अधिवेशन एवम् एघारौं वार्षिक साधारणसभाले रमेश अर्याल अध्यक्ष रहेको  नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको प्रथम उपाध्यक्षमा विश्वराज अधिकारी, द्वितीय उपाध्यक्षमा चिन्तामणि पोखरेल, सचिवमा भीमराज पौडेल, कोषाध्यक्षमा विमला अधिकारी सापकोटा र सह कोषाध्यक्षमा शरण गुरुङ रहेका छन। कार्यसमितिका सदस्यहरूमा मुना कोइराला, भावना रानाभाट, राजु परियार, प्रभात अधिकारी र जीवन सापकोटालाई चयन गरिएको बताइएको छ ।

अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले गाउँ पर्यटनको विकासका माध्यमबाट ग्रामिण अर्थतन्त्रको विकास गर्न सकिने बताइन ।

गाउँ पर्यटन प्रबर्द्दन मञ्च(भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष शोभा सापकोटाले हरेक गाउँ पर्यटकीय ठाउँ भन्ने नाराका साथ भिटोफ गण्डकी
विभिन्न पर्यटकीय गाउँको प्रबर्द्दन र विकासमा लागेकोजानकारी गराईन ।

भिटोफ गण्डकीका संस्थापक अध्यक्ष एवम् पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले गाउँलाई शहरसँग र शहरलाई गाउँसँग पर्यटकीय रुपमा जोड्ने लक्ष्यका साथ संस्था स्थापना भएको बताउंदै समग्र गाउँको विकास गाउँ पर्यटनबाट गर्न सकिनेमा जोड दिए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले भिटोफसँगको सहकार्यमा गाउँ पर्यटन मार्टदेखि पर्यटन प्रबर्द्दन र विकासका
विभिन्न कार्यक्रम गरिएको बताए ।

कार्यक्रममा बरिष्ठ पर्यटन व्यवसायी एनम् नेपाल पर्यटन बोर्डका पूर्व सदस्य गणेशबहादुर भट्टराई, संस्थाका सल्लाहकार एवम् नेपाल पर्यटन बोर्डका पूूर्व सदस्य टिकाराम सापकोटा, पोखरा महानगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रविन्द्रराज पौडेल, होमस्टे समिति पोखरा महानगरपालिकाका इश्वरी पोखरेल, सचिव लक्ष्मण पहारी, भिटोफ केन्द्रका अध्यक्ष हरिशरण थपलिया, माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारी, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, सल्लाहकार दीपेन्द्र पहारी, रासस बागमती प्रदेश प्रमुख वासुदेव पौडेल लगायतले गाउँ पर्यटनको महत्व र सम्भावना बारे आआफ्नो भनाई राखेका थिए ।

सोहि कार्यक्रमा पत्रकारिताका माध्यमबाट गाउँ पर्यटनको विकासमा योृगदान पुर्याएको भन्दै रासस बागमती प्रदेश प्रमुख वासुदेव पौडेललाई नगद ११ हजार १११ रुपैयाँ सहित, दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको थियो । पौडेल यस अगाडी राससको पोखरा कार्यालयमा रहेकोमा केहि समय अगाडी रासस बागमती कार्यालयमा सरुवा भएका हुन । उक्त अवसरमा संस्थाका आजीवन सदस्यहरूलाई पनि सम्मान गरिएको थियो ।

३ श्रावण २०८३, आईतवार ०४:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा