Play

एमाले नेता एबम पुर्व अर्थमन्त्री बिष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश

गुरुकुल खबर


काठमाडौं, सम्पति शुद्दिकरण मुद्धामा पक्राउ परेका नेकपा एमालेका नेता एबम पुर्व अर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न बिशेष अदालतले आदेश दिएको छ । उनलाई गत असार ८ गते सुर्खेतमा पार्टी कामको शिलशिलामा गएको बखत सम्पति सुद्धिकरण विभागले पक्राउ गरि पटक पटक म्याद थप्न गर्दै हिरासतमा राखिएको छ ।

बिशेष अदालतमा भएको उनको बयानपछि अदालतका नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेललाई साधारण तारेखमा थुनामुक्त गर्न आदेश दिएको हो।

उनीहरुको इजलासले बिभिन्न तीनवटा आधार देखाउँदै पौडेललाई थुनामा राखेर वा धरौटी मागेर मुद्दा अघि बढाउन आवश्यक नरहेको निर्क्यौल निकालेको बुझिएको छ ।

अदालतले तत्काल प्राप्त प्रमाणबाट बिष्णु पौडेलको संलग्नता नखुलेको र उनीमाथि लागेको आरोपमाथि उनले इन्कारी बयान दिएको उल्लेख गरेको छ।

यसका साथै बिचौलियाको रुपमा चिनिएका ब्यबसायी दीपक भट्टसँग उनले वित्तिय कारोबार गरेको अनि सम्पत्ति वा लाभ प्राप्त गरेको नदेखिएको भन्दै विशेष अदालतले उनलाई सामान्य तारेखमा छाड्न आदेश दिएको हो ।

१ श्रावण २०८३, शुक्रबार १९:१४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा