Play

पोखराका नगर प्रहरीले नागरिकमैत्री ब्यबहार गरुन, महानगरले स्पष्ट निर्देशिका बनाउनुपर्यो- वडाध्यक्ष बराल

गुरुकुल खबर


पोखरा, बिभिन्न नगरपालिकाका नगर प्रहरीको कार्यशैलीलाई लिएर सार्बजनिक रुपमा आलोचना बढिरहेको बेला पोखरा महानगरपालिकाका नगर प्रहरीको कार्यशैली पनि नागरिक मैत्री हुनुपर्ने कुरामा महानगरकै वडाध्यक्षले उठाउन थालेका छन । केहि दिन अगाडी काठमाडौँ महानगरका नगर प्रहरीको कारण एकजनाले राइडरले आतमदाह गरेको र केहि महिना अगाडी सुर्खेतमा नगर प्रहरीले सर्बसाधारण महिलाले बिक्रि गर्न लिएर हिंडेको फलफुल सडकमा पोख्याएको लगायतका घटनापछि नगर प्रहरीको कार्यशैलीलाई लिएर सार्बजनिक रुपमा आलोचना हुँदै आएको छ ।

पोखरामा पनि नगर प्रहरीहरुले फुटपाथ हटाउने नाममा कतिपय व्यवसायीको सामान उठाएर लाग्ने गरेको, डोकोमा फलफुल तरकारी राखेर बेच्नेहरूको फलफुल तरकारी खोसिने गरेको जस्ता घटना हुने गरेका छन । यस्तो अबस्थामा पोखरा महानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष किरण बरालले कार्यपालिकाको बैठकमै नगर प्रहरीको व्यवहार र कार्यशैली नागरिकमैत्री हुनुपर्नेमा जोड दिएका छन ।

बैठकमा बोल्दै उनले ट्राफिक व्यवस्थापन र पार्किङ नियन्त्रण लगायत बिभिन्न बिषयमा नागरिकसँग गरिने व्यवहार मर्यादित हुनुपर्ने बताएका हुन् । काठमाडौंमा एउटा सानो विवादका कारण नागरिकले आत्महत्या गरेको दुःखद घटनाबाट पाठ सिक्नुपर्नेमा उनले जोड दिएको गुरुकुल खबरलाई जानकारी दिए।

बरालले पोखरामा पनि सवारी साधन नियन्त्रणमा लिने अभ्यास भइरहेको भन्दै नियम कार्यान्वयन गर्दा मानवीय संवेदनालाई प्राथमिकता दिन आग्रह गरे । ‘काठमाडौंको जस्तो घटना पोखरामा दोहोरिन नदिन केही विषयमा ध्यान दिनु आवश्यक छ,’ उनले भने, ‘नगर प्रहरीलाई नागरिक मैत्री व्यवहार र तनाव व्यवस्थापन सम्बन्धी नियमित अभिमुखीकरण तथा तालिमको व्यवस्था गरिनुपर्छ ।’ उनले सवारी नियन्त्रण वा जरिवाना गर्नुअघि जानकारी दिने र शालीन संवाद गर्ने पद्धति बसाल्नुपर्ने सुझाव दिए ।

बिपन्न बर्गका महिला एबम सर्बसाधारणले सानो झोलामा पोको पारेर सडक किनारामा पैदल गर्दै घर घरमा बिक्रि गर्ने क्रममा समेत कतिपय नगर प्रहरीले ति महिला एबम सर्बसाधारणको फलफुल तरकारी समेत खोस्ने गरेको गुनासो कतिपयले गर्दै आएका छन । यस्ता बिबिध बिषयमा बिबाद हुँदा आक्रोश र तनाव बढ्ने भएकोले सर्बसाधारणसंग बल प्रयोग गर्नुभन्दा संयमतापूर्वक समाधान खोज्न महानगरले स्पष्ट निर्देशिका बनाउनुपर्ने माग समेत वडाध्यक्ष बरालले गरेका छन ।

पार्किङ व्यवस्थापनलाई थप व्यवस्थित बनाउन पर्याप्त सूचना, संकेत चिन्ह र वैकल्पिक पार्किङ स्थलको व्यवस्था हुनुपर्ने भन्दै उनले नियम कानुनको कार्यान्वयन गर्दा नागरिक मैत्री व्यवहार गर्नुपर्नेमा समेत बैठकमा जोड दिएको उनको भनाई छ । वडाध्यक्ष बरालले काठमाडौँका केहि सञ्चार गृहका सञ्चालक र सञ्चार माध्यममाथि सरकारले गरेको हस्तक्षेप अलोकतान्त्रिक भएको भन्दै उनले स्वतन्त्र प्रेसमाथि भएको यस्तो कार्यको घोर भर्त्सना गरेको स्पष्ट पारेका छन।

३१ असार २०८३, बुधबार १६:०२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा