Play

१६ बर्षपछि स्पेन फाइनलमा, बलियो मानिएको फ्रान्स लगातार तेश्रो पटक फाइनल पुग्नबाट रोकियो

गुरुकुल खबर


काठमाडौँ,  अघिल्ल्ला दुईवटा विश्वकपमा फाइनलमा पुग्न रोकिएको फ्रान्सलाई यस पटक पनि फिफा विश्वकपको फाइनलमा पुग्नबाट रोक्दै  स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । सन् २०१० को विश्वकप बिजेता स्पेन त्यसपछि पहिलो पटक फाइनलमा पुग्न सफल भएको छ। अब स्पेनले विश्वकप उपाधि जित्नको लागि अर्जेन्टिना र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नुपर्ने भएको छ ।

जारी फिफा विश्वकपको पहिलो सेमिपफाइनलमा फ्रान्सलाई २–० ले स्तब्ध पार्दै स्पेन १६ वर्षपछि फाइनलमा प्रवेश गरेको हो । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा पहिलो सेमिफाइनल खेल भएको थियो । स्पेनको जितमा पेड्रो पोरो र मिकेल ओयार्जाबलले एकएक गोल गरे । २२औं मिनेटमा पेनाल्टी गोलमार्फत स्पेनले पहिलो अग्रता लिएको थियो ।

खेलको सुरुवातमा फ्रान्सलाई केही बलियो टोली मानिएको थियो र किलियान एम्बाप्पेले काउन्टर अट्याकमार्फत खतरा पनि बढाएका थिए। तर, आफ्नो १९ औं जन्मदिनको भोलिपल्टै खेलिरहेका विङ्गर लामिन यामललाई लुकास डिनले बक्सभित्र लडाएपछि स्पेनले अग्रता लिने अवसर पायो ।

पेनाल्टी बचाउन माहिर मानिएका गोलकिपर माइक मेग्ननलाई छक्काउँदै ओयार्जाबालले उक्त पेनाल्टीलाई गोलमा परिणत गरे। स्पेनको यो अग्रता खेलको ५८ औं मिनेटमा दोब्बर भयो । पेड्रो पोरोले डानी ओल्मोसँग उत्कृष्ट वान टु वान पास खेले र ओल्मोबाट फिर्ता आएको बललाई नियन्त्रणमा लिँदै पोस्टको तल्लो कुनामा उत्कृष्ट गोल गरे।

त्यसपछि फ्रान्सले डेसिरे डोए र रायन चेर्कीलाई मैदान छिराउँदै खेलमा फर्कने प्रयास गर्याे । तर स्पेनका गोलकिपर उनाई सिमोनले चनाखो हुँदै स्वीपर किपरको भूमिका निभाए भने डिफेन्डर मार्क कुकुरेलाले एम्बाप्पेविरुद्ध उत्कृष्ट ट्याकल गर्दै फ्रान्सलाई रोके। अन्तत् स्पेन २–० ले विजयी भयो ।

जारी विश्वकपमा बलियो देखिएको फ्रान्स स्पेनसँग निरिह बन्न पुग्यो । बल पोजिसनदेखि फिनिसिङमा फ्रान्स चल्न सकेन । फ्रान्सले खेलभरि मात्र दुई सर्ट अन टार्गेटमा राख्नसकेको देखियो  ।

३१ असार २०८३, बुधबार ०४:५० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा